काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उहाँहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आउनुभएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहनु भएको छ । […]