काठमाडौं : विश्वकप छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा दक्षिण अमेरिकी जायन्ट ब्राजिलले लगातार छैटौं जित निकाल्दा अर्को दाबेदार अर्जेन्टिना भने कोलोम्बियासँग बराबरीमा रोकिएको छ।
अर्जेन्टिनाले खेलको पहिलो हाफमा २-० को अग्रता लिएपनि जोगाउन नसक्दा घरेलु टोली कोलोम्बियासँग २-२ गोलको बराबरीमा रोकिन पुग्यो।
पहिलो हाफको १० मिनेटभित्रै अर्जेन्टिनाले दुई गोल गरेको थियो। तर, इन्जुरीको अन्तिम मिनेटमा सम्हालिन नसक्दा अर्जेन्टिना कोलम्बियासँग बराबरी खेल्न बाध्य भयो।
तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै ...