कोभिड-१९ को सङ्क्रमण क्रमशः कम भएपश्चात् वैदेशिक व्यापारको वृद्धिदर उच्च देखिएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशत र आयात २८.७ प्रतिशतले वृद्धि भएको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापारमा निर्यात अंश १०.१ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७७/७८ फागुनसम्म यस्तो अंश ७.९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रू.१४७ अर्ब ७५ करोड पुगेको छ। आर्थिक वर्ष २०७७/७