नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेशसभा नियमावली अनुसार पूर्व बजेट छलफल समयमै नगरेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलवार बिहान ट्वीटरमा एक ट्वीट गर्दै उनले प्रदेश १ लगायत अन्य प्रदेशहरूलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संघकै नियतिमा पुर्याउने शंका बढेको बताएका हुन् ।
उनले भनेका छन्, 'प्रदेशसभा नियमावली अनुसार पूर्व बजेट छलफल समय मै नगर्ने, अधिवेशन बोलाउन ढिला गर्ने क्रियाकलाप हेर्दा प्रदेश-१ लगायत अन्य प्रदेशहरूलाई पनि प्रधानमन्त्रीले संघ कै नियतिमा पुर्याउने शंका बढेको छ। सबै मिलेर प्रदे...