अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौं । लगातार उकालो लागिरहेको अमेरिकी डलरको मूल्य आज (साेमबार) एक रुपैंयाले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बजारमा साेमबार एक अमेरिकी डलरको खरिद दर १३१ रुपैंया ४२ पैसा तोकिएको हाे । हिजो १३२ रुपैंया ४२ पैसामा डलरको कारोबार भएको थियो । साेमबार एक युरोको खरिद दर १२८ रुपैंया ४ पैसा छ भने […]

सम्बन्धित सामग्री

अमेरिकी डलरको मूल्य घट्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB)ले बिहीवार अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange Rate) घटाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ र विक्री दर १३२ रुपैयाँ ६० पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४० पैसा र विक्री दर १३३ रुपैयाँ कायम भएको थियो । आज युरो (Euro)को भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीद दर १४२ रुपैयाँ ६५ पैसा र विक्री दर १४३ रुपैयाँ २९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४४ रुपैयाँ १४ पैसा र विक्री दर १४४ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो । त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan) को भाउ भने बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १० पैसा र विक्री दर १८ रुपैयाँ १८ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १५ पैसा र विक्री दर १८ रुपैयाँ २३ पैसा कायम भएको थियो । कस्तो छ अन्य मुद्राको विनिमय दर ?

अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरोको भने बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB)ले बिहीवारका लागि अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange rate) घटाएको छ । राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ५३ पैसा र विक्री दर १३१ रुपैयाँ १३ पैसा छ । अघिल्लो दिन (बुधवार) डलरको मूल्य बढेको थियो । बुधवार बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्री दर १३१ रुपैयाँ ३७ पैसा तोकेको थियो । आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४४ रुपैयाँ १९ पैसा र विक्री दर १४४ रुपैयाँ ८५ पैसा कायम भएको छ । अघिल्लो दिन भने १ युरोको खरीद दर १४४ रुपैयाँ ०७ पैसा र विक्री दर १४४ रुपैयाँ ७३ पैसा तोकिएको थियो । त्यसैगरी, आज अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । आज १ अस्ट्रेलियन डलरको खरीद दर ८६ रुपैयाँ १८ पैसा र विक्री दर ८६ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ०५ पैसा र विक्री दर ८७ रुपैयाँ ४५ पैसा तोकिएको थियो ।

सुनको मूल्य घट्यो, प्रतितोला ९८ हजार २ ०० मा कारोबार

वैशाख १९, काठमाडौं। स्थानीय बजारमा सोमवार पनि सुनको मूल्य घटेको छ । आइतवार २०० रुपैयाँले घटेको सुनको मूल्य यो दिन प्रतितोला ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतवार सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ। यो दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८८५ दशमलव २४ डलर पुगेको छ । त्यसैगरी, आज अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ ।  यो दिन एक अमेरिकी डलरको  विक्रीदर १२१ दशमदज ५८ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन‌ पनि सोही मूल्यमा अमेरिकी डलर विक्री भएको थियो ।