लुम्बिनी प्रदेश सभाको बैठक १८ गते लागि आह्वान

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक यही चैत १८ गते बस्ने भएको छ ।लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान गरिएको उल्लेख छ । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले  प्रदेश सभाको बैठक बोलाउनको लागि आग्रह गर्ने निर्णय गरेको थियोगत असोज २० गते प्रदेशको स्थायी राजधानी र

सम्बन्धित सामग्री

लुम्बिनीमा ३८ अर्ब हाराहारीमा बजेट आउँदै

बुटवल : लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बार्षिक बजेट ल्याउँदै छ। आइतबार नीति तथा कार्यक्रम पास गरेको प्रदेश सरकारले आज तीन बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य राख्ने छन्। कोरोना नियन्त्रण र थलो परेको अर्थतन्त्रलाई उकास्ने…

पहिलो पोस्ट

पटक पटक अवरुद्ध कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै

२६ जेठ, काठमाडौं । कर्णाली प्रदेश सभा बैठक बुधबारको लागि पनि बोलाइएको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा बुधबार दिउँसो २ बजेको लागि बोलाइएको हो । बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने […]

अनलाइनखबर

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टाको लागि स्थगित भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टाका लागि स्थगित गरिएको हो । म‌ंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने […]

अनलाइनखबर

देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठकका लागि प्रदेश सभाहल निर्माणको काम सुरु

दाङ - दाङको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरिएको निषेधाज्ञामा समेत सावधानी अपनाएर प्रदेश सभाहल निर्माणको काम भइरहेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिनुभयो । उहाँका अनुसार ५ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुविधा सम्पन्न प्रदेश सभाहल निर्माणको काम चलिरहेको छ । स्थानीय कामदारहरुले आवासीय रुपमा बसेर निर्माणको कामलाई निरन्तरता दिइरहेका अधिक...

उज्यालो अनलाइन

लुम्बिनीको विशेष अधिवेशन वैशाख १९ गते आह्वान

बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् । १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री […]

Prashasan

बागमती प्रदेश सभा बैठक लगातार चौथोपटक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार चौथोपटक बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । २५, २६ र २७ चैतमा लगातार अवरुद्धका कारण पाँच दिन स्थगितपछि बिहीबार बोलाइएको बैठक...

नयाँ पत्रिका

माओवादी केन्द्रले वाग्मती प्रदेश सभा बैठक चल्न दिएन

मकवानपुर – वाग्मती प्रदेशकाे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सभा बैठकमा अवराेध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेशनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीवारको प्रदेश सभा बैठक चल्न नदिएको हो । माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएकाे छ । माओवादीले सदन अवराेध गरेको योसँगै लगातार चौथो पटक हो । ‘विद्युतीय बस सञ्चालनका...

उज्यालो अनलाइन

लुम्बिनी प्रदेसभा बैठक बस्दै

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक पनि बस्दैछ। बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए। बैठकमा माओवादी केन्द्रले प्रदेश सांसदहरुलाई कारबाही गरेको जानकारी गराउने तयारी गरेको छ। माओवादी केन्द्रले लुम्बिनी प्रदेश सांसद दधीराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको छ। केन्द्रले दुई सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ। दुवै जना एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको हो। न्यौपाने रुपन्देह

थाहा खबर

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। भोलि सोमवार बस्ने भनिएको बैठक सुचना टाँस गरी स्थगित भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन्। बैठक स्थगित भएकोमा प्रदेश सभा विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सभामुखले पटकपटक प्रदेश सभा बैठक स्थगित गरेर जनताको आवाज उठाउने…

पहिलो पोस्ट

बागमती प्रदेश सभा बैठक आज, अविश्वास प्रस्तावबारे अन्योल

बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । तर, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे भने अन्योल नै छ । दलहरूको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजे बैठक बोलाएको...

नयाँ पत्रिका