गोरखा, १२ असोज । मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि जिल्लाको धार्चे गाउँपालिका(२ केरौँजाका दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजुकुमार क्षेष्ठले जानकारी दिए । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर […]
काठमाडौँ, १२ असोज । प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिताको समुद्घाटन गरेका छन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफिको सुरुआत भएको हो । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, […]
काठमाडौँ, १२ असोज । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो । गत भदौ १० गतेको रसुवा भोटेकोशीमा गएको बाढीपछि […]
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रमबिच आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्। नेपालको संविधानको धारा २९४ मा उल्लिखित संवैधानिक व्यवस्थाबमोजिम आयोगले आफ्नो वार्षिक कार्यप्रगति तथा आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको […]
काठमाडौँ, १२ असोज । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६१३ दशमलव ३३ मा पुगेको छ । यो शून्य दशमलव ६२ प्रतिशतको गिरावट हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३४ […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लगातारको वर्षा र बाढी पहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म सहज रूपमा सुचारु हुने जनाएको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढी प्रभावित जिल्लाहरूमा मंगलवारसम्म विद्युत् आपूर्ति सहज भइसक्ने बताए । उनले लगातारको वर्षा […]