अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरूको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् ।अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी नै डेल्टा भेरियन्ट फैलिएको छ । चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रको सुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् ।अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव स