बेसीशहर नगरपालिकाको ६ करोड राजस्व संकलन

लमजुङ- बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शीर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैयाँ राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर  ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ […]

सम्बन्धित सामग्री

मालपोत कार्यालय धनुषाद्वारा ४५ करोड राजस्व संकलन

जनकपुरधाम। भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष (आव) २०७९/८० को असार मसान्तसम्ममा करीब रू. ४५ करोड राजस्व संकलन गरेको छ । राजस्व बाँडफाँटअन्तर्गत संघीय सरकारलाई बुझाउनुपर्ने राजस्वबाट गत आवमा रू. ६ करोड राजस्व संकलन गरिएको भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख मो. तैयब राइनले बताए । न्यायिक दस्तुरबाट रू. ४९ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट रू. ५ करोड ९७ लाख ८२ हजार, अन्य राजस्वबाट रू. ३ लाख ५९ हजार र बेरुजूबाट रू. २ लाख ३८ हजार राजस्व संकलन गरिएको कार्यालय प्रमुख राइनले बताए । त्यस्तै, प्रदेश सरकार र स्थानीय तह राजस्व बाँडफाँटअन्तर्गत रू. ३२ करोड ६० लाख राजस्व संकलन गरिएको कार्यालयले जानकारी दिएको छ । गतवर्ष सरकारले कित्ताकाट गर्न रोक लगाउँदा राजस्वमा कमी आएको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार औसतमा प्रतिदिन २०० रजिष्ट्रेशन पास हुने गरेको छ । कार्यालयमा रजिष्ट्रेशन पास गराउन आउँदा सेवाग्राहीलाई एक दिनमै रजिष्ट्रेशन पास हुने गरी कार्यालयले सेवा दिने गरेको कार्यालयले जानकारी दिएको छ ।

राजस्व कार्यालय जनकपुरमा लक्ष्यभन्दा कम राजस्व संकलन

जनकपुरधाम। आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक वर्ष (आव) २०७९/८० मा रू. ३ अर्ब ४३ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा रू. ३ अर्ब ७० करोड ६८ लाख १० हजार राजस्व असुलीको लक्ष्य पाएकोमा लक्ष्यको ९२ दशमलव ९४ प्रतिशतमात्र राजस्व असुल गर्न सफल भएको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकारी दिए । कार्यालयले आयकरबाट रू. १ अर्ब २३ करोड, घरभाडा करबाट रू. ४ करोड ८७ लाख, ब्याजबाट रू. ६ करोड ११ लाख, भ्याटबाट रू. १ अर्ब राजस्व संकलन गरेको हो । त्यस्तै अन्त:शुल्कबाट १ अर्ब ९ करोड, स्वास्थ सेवा करबाट रू. ७ लाख ४२ हजार र शिक्षा सेवा करबाट रू. ३५ हजार राजस्व संकलन भएको बर्तौलाले बताए ।

मनास्लु आरोहण अनुमतिबाट सबैभन्दा बढी राजस्व संकलन

सरकारले यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ६ करोड ५९ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।...

लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन

महेन्द्रनगर– कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ ।  कार्यालयले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य राखेपनि ४६ करोड २२ लाख संकलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा १६ […]

२१ अर्बभन्दा बढी राजस्व संकलन

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशत कमी हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो ।सो अवधिमा गत आर्थिक वर्षको भन्दा तीन अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व संकलन भएको कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले जानकारी दिए । गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजस्व संकलन गरेको बताएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा संकलित राजस्वमा भन्सार महसुल आयाततर्फ ७ अर्ब ९६ करोड ७१ लाख ३२ हजार, मूल्य अभिवृद्धिकरतर्फ १० अर्ब ९४ करोड २७ लाख १७ हजार, अन्तःशुल्कतर्फ एक अर्ब ४८ करोड ५३ लाख १२ हजार, स्वास्थ्य जोखिम करतर्फ तीन हजार, भन्सार महसुल निर्याततर्फ ८४ लाख ३८ हजार, कृषि सुधार शुल्कतर्फ ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु दुई करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ ९ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ३२ करोड आठ लाख ४४ हजार, पूर्वाधार करतर्फ २३ करोड ३० लाख र अन्य २२ करोड ८६ लाख ३६ हजार छन् । रासस

वीरगञ्ज भन्सार कार्यालयद्वारा १ खर्ब ५ अर्ब राजस्व संकलन

माघ ६, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महीनामा १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ  राजस्व संकलन गरेको छ ।            यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ  बढी राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।            कुन शीर्षकमा कति राजस्व ?            चालू आर्थिक वर्षको पहिलो ६ महीनामा कार्यालयले सबैभन्दा बढी मूल्यअभिवृद्धि करतर्फ ४१ अर्ब ३ करोड ४५ लाख रुपैयाँ  राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।            यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार रुपैयाँ  र भन्सार महसुल निर्याततर्फ १ करोड ३२ लाख १९ हजार रुपैयाँ  मात्र राजस्व संकलन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ ६ करोड ९९ लाख ७६ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।            त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार रुपैयाँ  र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ ७ अर्ब ९७ करोड ३२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय वीरगञ्जले बताएकोे छ । यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ १४ करोड ६८ लाख ९० हजार रुपैयाँ , स्वास्थ्य जोखिम करतर्फ ८३ लाख ६५ हजार रुपैयाँ , कृषिसुधार शुल्कतर्फ  ७३ करोड ६३ लाख ७६ हजार रुपैयाँ , सडक मर्मत तथा सुधार दस्तुरतर्फ २ अर्ब ३९ लाख ९५ हजार रुपैयाँ राजस्व र अन्य आय शीर्षकमा ५ करोड ५७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।            गतवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालू आवमा आयातसँगै राजस्वमा सङ्कलनमा पनि सुधार भएको छ । यो वर्षको सुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ ।             विदेशी मुद्राको सञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । रासस

पाँच महिनामै लक्ष्यभन्दा ६ करोड बढी राजस्व संकलन

जुम्लामा चालु आर्थिक वर्ष २०७८÷०७९ को पाँच महिनामा लक्ष्यभन्दा बढी ६ करोड राजस्व संकलन भएको छ ।आन्तरिक राजस्व कार्यालय जुम्लाको पाँच महिनाको निर्धारित लक्ष्य भन्दा ६ करोड बढी राजस्व उठेको हो ।पाँच महिनामा करिब ८ करोड ७४ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य राखिएको थियो । तर मंसिर अन्तिमसम्मको रेर्कड अनुसार ६ करोडले बढेर झण्डै […]

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरले लक्ष्यभन्दा ३३ प्रतिशत बढी राजस्व संकलन गरेको छ।कार्यालयलाई आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ६ करोड ६४ लाख ४२ हजार रुपैयाँ लक्ष्य दिएकोमा चार अर्ब ७९ करोड २६ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ। जुन लक्ष्यको तुलना ७२ करोड ६१ लाख ७० हजार बढी हो। यो पछिल्लो ६ वर्षको तुलनामा सबैभन्दा बढी रहेको छ ।कार्यालय प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवका अनुसार संकलित रकममध्ये आय करतर्फ दुई अर्ब चार करोड २५ लाख ६२ हजार, मूल्य अविवृद्धि करतर्फ ए

सत्ती भन्सार : ९ महीनामै दोब्बर राजस्व संकलन

वैशाख १०, टीकापुर । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महीनामै भन्सार राजस्व लक्ष्यभन्दा दोब्बर संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/ ७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।            कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा ६ करोड ७ लाख रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप ८ करोड रुपैयाँ बढाएर १४ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।            चैत मसान्तसम्म ९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकामा १३ करोड १६ लाख राजस्व संकलन भएको भन्सार प्रमुख विमलकुमार शाहले बताए।        पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्व वृद्धि भएको प्रमुख शाहको भनाइ छ । उता धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि नौ महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म ५ अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकामा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए।            सरकारले सीमा नाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलनमा अझै वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।  रासस