वीरगञ्जका ढुवानी व्यवसायीले थाले धर्ना

वीरगञ्ज । अनधिकृत कारोबार नियन्त्रणका नाममा प्रहरीले ढुवानी व्यवसायीलाई प्रताडित गर्ने काम गरेको भन्दै विरोधमा उत्रिएका वीरगञ्जका व्यवसायीले धर्ना शुरू गरेका छन् । उनीहरूले वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क हातामा बुधवारदेखि धर्ना थालेका हुन् । स्थानीय प्रहरी प्रशासनदेखि प्रधानमन्त्री कार्यालयसम्म समस्या सुनाए पनि कतैबाट समाधानको आश्वासन समेत नपाएपछि आआफ्नो व्यवसाय बन्द गरेर संघर्षमा उत्रिनुपरेको ट्रान्सपोर्ट एशोसिएशनका केन्द्रीय सचिव नवराज अधिकारीले बताए । व्यवसायीले वीरगञ्जबाट हुने खुद्रा तथा फुल ट्रिप ढुवानी २ दिनदेखि ठप्प पारेका छन् । यसबाट मुख्य नाकाबाट मालसामानको आपूर्ति प्रभावित भएको छ । उनीहरूले मंगलवार मात्रै ढुवानी बन्द गरेर व्यवसायको साँचो जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई बुझाएका थिए । त्यसअघि स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई समस्या समाधान गर्न आग्रहपत्र पठाएका थिए ।  भन्सार जाँचपास भएर निस्किएको मालसामान प्रहरीले भन्सारको गेटमै समातेर राजस्व अनुसन्धानमा पठाउने गरेको व्यवसायीले बताए । यसरी पठाइएको मालसामानमा राजस्व अनुसन्धानले अपवादवाहेक कुनै कैफियत फेला पार्न नसकेको दाबी उनीहरूको छ ।  प्रहरीले वीरगञ्ज भन्सारबाट निस्किएका र वीरगञ्जका विभिन्न स्थानबाट लोड भएर हिँडेका ट्रक बाटोमै नियन्त्रणमा लिएर ३/४ दिनसम्म राख्ने गरेको एशोसिएशनले बताएको छ । प्रहरीले पठाएको गाडीको मालसामानको अनुसन्धानमा राजस्व अनुसन्धानले १०–१५ दिन लगाए पनि बिलबीजक र मालसामानका कुनै कैफियत फेला पार्न नसकेको उनीहरूको दाबी छ ।  व्यवसाय बन्द गरेर साँचो बुझाउन गएका ढुवानी व्यवसायीसमक्ष प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी प्रतिक्रियाविहीन भएको सहभागी व्यवसायीले बताए । ‘प्रजिअले व्यवसायीको गुनासोबारे एक शब्द पनि बोल्नु भएन । विना प्रतिक्रिया ज्ञापनपत्र र साँचो बुझेपछि स्थानीय प्रशासन समस्याको समाधान चाहँदैन भन्ने निष्कर्षमा पुग्यौं,’ एक ढुवानी व्यवसायीले भने, ‘बाध्य भएर धर्नामा आउनुपर्‍यो ।’ व्यवसायीलाई दुःख दिने नियत प्रहरीमा देखिएको ढुवानी व्यवसायीको भनाइ छ । स्थानीय प्रशासनले यो समस्याको समाधानमा कुनै चासो नदेखाएको उनीहरूले बताए । प्रहरीले भन्सार गेटबाटै जथाभावी मालसामान समातेर ‘काम गर्ने वातावरण नै बिगारेको’ भन्दै केही दिनअघि भन्सारका प्रमुखसहितका अधिकारी गुनासो लिएर भन्सार विभागमै पुगेका थिए ।   

सम्बन्धित सामग्री

व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना

व्याजदर घटाउन माग गर्दै आन्दोलन घोषणा गरेका विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंकको विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन्।...

बढ्दो ब्याजदरविरुद्ध उद्योगीको धर्ना

बैंकहरुले चर्को ब्याजदर लादेको भन्दै औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायीले राष्ट्र बैंक विराटनगर अगाडि धर्ना दिएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलनको कार्यक्रमबाट पछि नहट्ने घोषणा पनि उद्योगी व्यवसायीले गरेका छन् ।उद्योगी व्यापारीहरुका विभिन्न संघ संगठनहरुले आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जनभन्दा बढी बस्तुगत संघसंस्थाको एैक्यबद्धतामा धर्ना गरिएको हो ।उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र

आजबाट प्रधानमन्त्री निवासअघि निर्माण व्यवसायीले धर्ना दिने

काठमाडाैँ- नेपाल निर्माण व्यवसायी महासंघले आजबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने भएका छन्। आन्दोलनका रूपमा विभिन्न शान्तिपूर्ण कदम चाल्दा आफ्ना माग पूरा नभएकोले बाध्य भएर प्रधानमन्त्री निवास अगाडि धर्ना दिनुपरेको महासंघकाे भनाइ छ। महासंघले भोलिबाट आफ्नो माग पूरा नहुन्जेलसम्म बिहान ९ देखि १० बजेसम्म प्रधानमन्त्री निवास अगाडि धर्ना दिने बताएकाे छ। महासंघले निर्माण सामाग्रीमा […]

निर्माण व्यवसायीले भोलिदेखि प्रधानमन्त्री निवासमा धर्ना

१४ वैशाख,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै भोलिदेखि प्रधानमन्त्री निवास बालुवाटारमै धर्ना दिने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक हप्तादेखि धर्ना दिईरहेका निर्माण व्यवसायीले माग पुरा नभएको भन्दै प्रधानमन्त्री निवास मै धर्ना दिने सुरु गर्न लागेको महासंघ अध्यक्ष रवि सिंहले जानकारी दिए । ‘अब हामी भोलिबाट विहान ९ […]

कास्कीका निर्माण व्यवसायीले घेरे जिल्ला प्रशासन

पोखरा – कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले मंगलबार एक घण्टा धर्ना दिएका हुन् । महासंघका केन्द्रिय सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना दिएको बताएका छन् । निर्माणका विषयमा सरकार उदासिन रहेको उनीहरुको आरोप छ । महासंघले देशैभर दवाव […]

कास्कीका निर्माण व्यवसायीले घेरे जिल्ला प्रशासन

कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले मंगलबार एक घण्टा धर्ना दिएका हुन् ।महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना दिएको बताएका छन् । निर्माणका विषयमा सरकार उदासिन रहेको उनीहरुको आरोप छ । महासंघले देशैभर दवाव मुलक कार्यक्रम गरिहेको छ ।निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देश

कानुन व्यवसायीले आज पनि सर्वोच्चको मुल गेटमा धर्ना दिने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै झण्डै एक महिनादेखि आन्दोलनरत कानुन व्यवसायीहरुले आज पनि धर्ना र विरोध जारी राख्ने भएका छन्। नेपाल बार एशोसिएशनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले धर्ना र विरोध जारी राख्ने भएका हुन्। न्यायपालिकाको विकृति, विसंगती, विचौलिया तथा भ्रष्टाचार नियन्त्रण गरी समग्र सुधारका लागि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न शान्तिपूर्ण विरोध जारी राख्ने बार एशोसिएशनको तयारी छ। बारको नेतृत्वमा कानून व्यवसायीले दैन

पर्साका कानुन व्यवसायीले पनि अदालतमा दिए धर्ना

पर्सा : बहसको समय पर सार्न अनुरोध गर्दैै पर्साका कानून व्यवसायीले सोमबार पनि उच्च अदालत र जिल्ला अदालतको गेटमा धर्ना दिए।सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै पर्साका दुवै अदालतको मूलद्वार ठप्प पारेर यहाँका कानून व्यवसायीले पनि धर्नालाई निरन्तरता दिएका हुन्।उनीहरुले आइतबार पनि एक घण्टा पर्साका दुवै अदालतको मूलद्वारमा धर्ना दिएका थिए।धर्नाका बेला बहस गर्ने पालो परेका कानून व्यवसायीले अदालत प्रशासनसँग समय सार्न अनुरोध गरेका थिए। बहसको समय एक

प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखरामा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।कानुन व्यवसायीले हातमा कालो पट्टी, मुखमा कालो मास्क लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् । कास्की जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष नारायण शर्माले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।प्रधानन्यायाध

सर्वोच्च गेटभित्र बारको धर्ना, गेटबाहिर मोटरसाइकल र्‍याली (तस्बिरसहित)

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै धर्ना दिइरहँदा अदालत परिसर बाहिर मोटरसाइकल ¥याली निकालिएको छ। सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गरेको विरोधमा केही युवाहरुले मोटरसाइकल र्‍याली...