प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखरामा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।कानुन व्यवसायीले हातमा कालो पट्टी, मुखमा कालो मास्क लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् । कास्की जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष नारायण शर्माले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।प्रधानन्यायाध

सम्बन्धित सामग्री

आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार (आज) पनि धर्ना सुरु गरेका छन् । उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका हुन्। धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्।

धर्नामा प्रहरी दमनपछि कडा आन्दोलनको तयारीमा बार, ३ बजे आकस्मिक पत्रकार सम्मेलन

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा दुई साताभन्दा लामो समयदेखि धर्ना र विरोध कार्यक्रम गर्दै आएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको धर्ना सुरु(फोटोफिचर)

नेपाल बार एसोसिएसनले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको धर्नालाई आज पनि निरन्तरता दिएको छ । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । सर्वाेच्च अदालत परिसरमा देखिएका केहि दृश्य :    ...

‘बारको बटमलाइन प्रधानन्यायाधीशको राजीनामा’

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्यूत गर्नु अपरिहार्य रहेको बताएका छन् ।आइतबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्यूत गर्नुको विकल्प नरहेको बताएका हुन् । जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएमा […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै वीरगंजमा कानुन व्यवसायीको धर्ना

वीरगंज : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै पर्साका कानुन व्यवसायीहरू पनि आन्दोलनमा उत्रिएका छन्। न्यायालयभित्रको न्यायिक शुद्धिकरणको माग गर्दै उच्च अदालत बार एसोसिएसन वीरगंज र पर्सा जिल्ला अदालत बार एकाई धर्नामा बसेको हो। बिहान ११ बजेदेखि १२ बजेसम्म केन्द्रीय बारको निर्देशन अनुसार कार्यक्रम भइरहेको पर्सा बार एकाईका अध्यक्ष…

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीले धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना दिएका छन् । नेपाल बार  एशोसिएशन जनकपुरले पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार बिहान ११ः३० देखि एक घन्टासम्म धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना कार्यक्रम आयोजना गरेको हो ।नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष किशोरी साहले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने बताए । बार एशोसिएशन केन्द्रीय समितिको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आफूहरुले धर्ना

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको विरोध कार्यक्रम

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले मंगलवार पनि धर्ना दिएको छ । बार भवनको प्रांगणमा कालोपट्टी सहितको विरोध कार्यक्रम आयोजना गरिएको हो । न्यायालयमा देखिएको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध बारले विरोधका कार्यक्रम गर्दै आएको छ ।  न्यायपालिकाको गरिमा कायम राख्न विवादित प्रधान न्यायाधीशले राजीनामा दिनुपर्ने माग ब्यानरमा पनि राखिएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूको प्रदर्शन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आज (सोमबार) पनि प्रदर्शन गरेका छन् । वकिलहरूले नेपाल बार एशोसिएसनबाट कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङ्गणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । वकिलहरूले तिहारअघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने […]

प्रधानन्यायाधीशको राजीनामा माग्ने बारको निर्णयविरुद्ध सेतोपट्टी बाँधेर प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले धर्ना गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ। बारले राखेको राजीनामाको मागमा असहमति जनाउँदै उक्त समूहले प्रधानन्यायाधीशको पक्षमा...