विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याई (फोटो फिचर)

काठमाडौं :  विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति बनाउन कालिगढहरूलाई यतिबेला भ्याइनभ्याई छ।असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि मूर्ति बनाउँदैमा उनीहरूलाई अहिले खाना खानेसमेत फूर्सद छैन।विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने मात्र नभएर सिंगार्नमा पनि उनीहरू उत्तिकै व्यस्त छन्। ललितपुरको बुसिंगल सानेपाका कलाकारलाई मूर्ति बनाउन र सिंगारपटार गर्न भ्याइनभ्याई छ। विश्वकर्मा पूजा सकिएपछि दशैंका लागि नवदुर्गा भगवती, तिहारका लागि लक्ष्मी, कुमार र ग