एकीकृत शेयर कारोबारमा ढिलासुस्ती

काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या देखिएको छ । मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्या अन्त्य गर्नकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत कात्तिक २४ गतेदेखि मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो । उक्त निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिन मात्र दोस्रो बजारमा शेयर किनबेच रोक्का गर्ने व्यवस्था छ । पुसमै एकीकृत कारोबार शुरू गरिसकेका पाँच कम्पनीको शेयर कारोबार अझै खुलेको छैन । सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट मेगा, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार भएको लामो समयसम्म पनि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले १ बराबर १ शेयर अनुपातमा प्राप्त गरी प्रभु बैंक लिमिटेडको नामबाट गत पुस २६ गतेदेखि एकीकृत कारोबार शुरू गरेको हो । त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल पनि १०० बराबर ९० शेयरको अनुपातमा मर्जरमा गई पुस २७ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो । यी दुई बैंक एक भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट कारोबार भइरहेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड पनि एक बराबर एक शेयर अनुपातमा गाभिएका हुन् । यी दुई बैंकको मर्जर प्रक्रिया पूरा भएपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ । यी पाँचओटै कम्पनीको शेयर कारोबार एकीकृत कारोबार भएको दिनदेखि नै रोक्का छ । लगानीकर्ताको सम्पत्ति लामो समय बन्धक हुन नदिन सेबोनले लागू गरेको निर्देशिकाविपरीत कारोबार रोक्का रहेकोमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले दु:ख व्यक्त गरेका छन् । ‘निर्देशिकामा एकीकृत कारोबारपछि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘उक्त व्यवस्थाविपरीत कारोबार रोक्का भए के हुने भन्ने व्यवस्था नभएकाले समस्या देखियो ।’ यस्ता समस्या देखिन थाले आगामी दिनमा निर्देशिका परिमार्जन गरी निर्देशिकाविपरीत जाने कम्पनीलाई कारबाहीको व्यवस्था थप गरिने हमालको भनाइ छ । हाल निर्देशिकाविपरीत कारोबार रोक्का रहेका कम्पनीहरूको विषयमा नेप्सेसँग जानकारी लिई स्पष्टीकरण सोधिने सेबोन अध्यक्ष हमालले जानकारी दिए । सम्बद्ध कम्पनीका शेयर रजिस्ट्रारहरू भने कम्पनीहरूको बोनस शेयर सूचीकरण प्रक्रियाले शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताउँछन् । प्रभु बैंकको शेयर रजिस्ट्रार प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेञ्चुरी र प्रभु बैंकको बोनस शेयर समायोजनका कारण शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताए । दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट बोनस शेयरको प्रस्ताव पारित गरेका थिए । बोनस शेयर सूचीकरण गराउनुपर्ने कारण निर्देशिकाबमोजिम काम गर्न असमर्थ भएको प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत थकालीले स्पष्ट पारे । नेपाल इन्भेष्टमेण्ट बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले भने यस वर्षको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गरिसकेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकको रजिस्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले स्वाप रेसियोअनुसारको शेयर कायम गरी सूचीकरण प्रक्रियाका लागि एक साताअघि नै बोर्डमा पेश गरे पनि हालसम्म स्वीकृति प्राप्त नभएको जानकारी दिए । बोर्डको स्वीकृतिपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंंकको नामबाट शेयर कारोबार खुला हुने उनले जानकारी दिए । बोर्डले मर्जर तथा प्राप्ति निर्देशिका लागू गर्नुपूर्व मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका ३४ कम्पनीको शेयर कारोबार रोक्का थियो । निर्देशिका लागूपूर्व रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर फुकुवा गर्न सकिने व्यवस्था निर्देशिकामा छ । सोही व्यवस्थाबमोजिम कारोबार फुकुवा गरी एकीकृत कारोबारपछि पुन: कारोबार रोक्का भएको हो । बोर्डले लागू गरेको मर्जर तथा प्राप्ति निर्देशिकामा मर्जर तथा प्राप्ति प्रक्रिया सम्झौता गरेको ६ महीनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित सामग्री

सुनचाँदीको कारोबारमा विलासिता कर नलाग्ने

काठमाडौं, जेठ ३१। सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको दुई प्रतिशत विलासिता कर नलगाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा १० लाखमाथिको सुनचाँदीको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । सुनचाँदी व्यवसायीले मङ्गलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी सो कर फिर्ता गर्न माग गरेका थिए । भेटमा अर्थमन्त्री डा. महतले सुनचाँदीको […]

घरजग्गा कारोबारमा भारी गिरावट

घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबारमा ह्वात्तै कमी आएको हो ।गत वर्षको असोजमा देशभरमा कुल ५९ हजार २ सय २७ वटा जग्गा कारोबार भएकोमा यस वर्षको असोजमा २५ हजार ७ सय ८९ वटा मात्र जग्गा कारोबार भएको तथ्याङ्क रहेको छ । गत भाद्रको तुलनामा पनि असोजमा जग्गाको कारोबार खस्केको छ । गत भाद्रमा ३४ हजार ७ सय २० वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जन

सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार सेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट सेयर कारोबारमा आउने भएको […]

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौंको टंकेश्वर कालीमाटीबाट गैरकानुनी रुपमा...

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन पक्राउ

प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा सङ्लग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौँ महानगरपालिकाका २६ वर्षीय राहुल चचानलाई पक्राउ गरेको हो ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार […]

शेयर कारोबारमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । दसैँ बिदा पछिको पहिलो दिन शेयर कारोबारमा दोहोरो अङ्कको सुधार आएको छ ।  डेढ अर्बमा सीमित भएको कारोबारमा नेप्से १७ अङ्कले उकालो लागेर २६ सय ५६ पुग्यो । सामूहिक लगानी कोष बाहेक अरू सबै समूहमा हरियाली छाएको छ ।  बिमा र होटेल तथा पर्यटन समूहमा सय अङ्क माथिको वृद्धि आउँदा अरू समूह पनि […]

लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न भारतीय पक्राउ

लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न एक भारतीयलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा आउँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर यो हप्तादेखि कारोबारमा आउने भएको छ। बैंकको सेयर सूचीकरणका लागि नेप्सेमा पुगिसकेको जनाइएको छ। नेप्सेमा यही हप्ता सूचीकरण गरेर कारोबारमा आउने तयारी रहेको छ।...

लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोबारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।