शैलुङ र मुक्तिनाथको मल ठेक्का रद्द, धरौटी जफत

कृषि सामग्री कम्पनी लिमिटेडले धेरै समय पर्खदा पनि रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गर्ने भएको छ । आज बसेको कम्पनीको बैठकले मल ल्याउन नसक्ने उक्त कम्पनीलाई कारवाही गर्न खरिद कार्यालयलाई सिफारिस गरेको हो । मल खरिदको सम्झौता तोड्ने, कम्पनीलाई कालो सूचीमा राख्नने र धरौटी जफत गर्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । नेपाली कम्पनीलाई धेरै समय पर्खदा पनि मल ल्याउन नसके पछि उक्त निर्णय गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

काम नगर्ने निर्माण व्यवसायीलाई पाल्पामा कारवाही

पाल्पा । सडक निर्माण र मर्मतको ठेक्का लिएर लामो समयसम्म काम नगर्ने निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालय पाल्पाले कारवाही थालेको छ । पटक पटक म्याद थप गरे पनि जिम्मा लिएको काम नसक्ने ८ निर्माण व्यवसायीका १० ठेक्का रद्द गर्न लागेको हो । उनीहरुको धरौटी जफत गरेर कालो सुचीमा राख्न विभागसंग समन्वय गरेको कार्यालयले जनाएको छ […] The post काम नगर्ने निर्माण व्यवसायीलाई पाल्पामा कारवाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राज्यलाई हानि पुर्‍याउने ठेकदारलाई थप कारबाही हुन्छ : मन्त्री भुसाल

२१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले समयमा मल आपूर्ति नगर्ने ठेकदारहरूको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया अघि बढेको पत्रकार सम्मलेनमार्फत जानकारी दिएका छन् । साथै, उनले ती ठेकदारहरूलाई कानुनबमोजिम …

आठ करोड जरिवानासहित ठेक्का रद्द : पेस्की रकम फिर्ता, धरौटी जफत

वाईपी कन्स्ट्रक्सन प्रालिले १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले पेस्की रकम फिर्ता र कम्पनीको धरौटी रकम जफत गरेको छ। कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिवानासमेत तोकिएको छ। मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको सो कम्पनीले पुल निर्माण अलपत्र पारेपछि सरकारले दुई करोड ६० लाख पेस्की रकम र ७२ लाख धरौटी रकम जफत गरेको हो। मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका अनुसार १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि पेस्की रकम फिर्ता, धरौटी जफत गरेर जरिवाना गर्ने निर्णय गरिएको हो।