८ फागुन, काठमाडौं । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् । उनको सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यू विरामी भएकाले निवासमै रेष्ट गरिरहनु भएको छ, उहाँ संसद बैठकमा जानु […]