काठमाडौँ। बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने आकांक्षा राखेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले टिकट पाएनन्। उनले २१ फागुनका लागि हुने निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। बर्दिया १ मा नेकपा संयोजक पुष्पकमल दाहालले विष्णुप्रसाद चौधरीलाई टिकट दिए। गौतम २०७४ को चुनावमा यही क्षेत्रमा पराजित भएका थिए। […]
सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस फोरमले यहाँस्थित पत्तालेमा ‘सगरमाथा–लुम्बिनी जलवायु पहल–२०२६’ को शुभारम्भ गरेको छ । नेचासल्यान गाउँपालिकासँगको सहकार्यमा आइतबार सो कार्यक्रम औपचारिक शुभारम्भ गरिएको संस्थाका अध्यक्ष वासु गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यस पहलअन्तर्गत सन् २०२७ भित्रमा आठ हजार ८४८ बोट फलफूलको विरुवा जिल्लाको विभिन्न भागमा रोपिने छ […]
काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र बैंकर भरत ढकाल प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भएका छन् । सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले स्याङ्जा क्षेत्र नं १ बाट ढकाल र क्षेत्र नं २ बाट मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। ढकाल समाजसेवी तथा सफल बैंकरका रूपमा परिचित छन् भने मल्ल पूर्व […]