जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुग्नुभएको छ । किशिदालाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गर्नुभएको छ । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र उसको नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्नुहुनेछ । पन्ध्र वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका …