सत्ता गठबन्धनले प्रदेश र संघीय निर्वाचनमा सिट बाँडबाँटबारे मोडालिटी बनाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक सुरु भएको हो । साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले कार्यदल बनाएको हो । बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यका एक सदस्यले बताए । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदलमा