भीमफेदी-कुलेखानी सडक आजदेखि डेढ महिनाका लागि बन्द

हेटौँडा - हेटौँडा-काठमाण्डौ छोटो दूरीको मार्ग अन्तर्गत भीमफेदी-कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ । सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दूरीको मार्ग बन्द गरिएको हो । भीमफेदी-कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले भने स्लाब ढलान र पिच गर्ने काम गर्न लागिएको छ । सडकका धेरै ठाउँमा यसअघिनै स्लाब ढलान गरिसकिएकाे छ । वाग्मती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले यसअघि दुई महिनासम्म सडक बन्द गरेर मोड र अप्ठ्याराे ठाउँमा स्लाब ढलान गरिएको जानकारी दिएकाे छ ...