अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण रात्रिकालीन हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबले मंगलबार आगामी चैत १० देखि १९ सम्म रात्रिकालीन प्रतियोगिता गरिने जनाएको छ । गोल्डकपमा दुई भारतीय र नेपालका ८ टिमको सहभागिता रहनेछ ।