नेपालबाट भारततर्फ इन्धन तस्करी

काठमाडौं, कार्तिक २८ । सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य निक्कै सस्तो भएपछि नेपालबाट भारततर्फ इन्धन तस्करी भएको हो । सीमा क्षेत्रका कारोबारीले भारततर्फ इन्धन तस्करी बढाउँदा इन्धनका कारण नेपालमा भइरहेको व्यापार घाटा र नेपाल आयल निगमको घाटामा वृद्धि गराएको छ । सीमावर्ती भारतीय बजारको […]

सम्बन्धित सामग्री

इन्धन तस्करी रोक्न विद्युतीय भुक्तानी लिनुपर्ने

काठमाडौं । सीमा क्षेत्रमा हुने इन्धनको तस्करी रोक्न पेट्रोल पम्पहरूले विद्युतीय माध्यमबाट मात्रै भुक्तानी लिने व्यवस्था मिलाउन नेपाल आयल निगमले आफ्ना डिपो तथा कार्यालयलाई निर्देशन दिएको छ । भारतीय सीमा जोडिएको क्षेत्रमा पेट्रोल र डिजेलको सीमा मूल्य अन्तर फराकिलो भएपछि आयल निगमले आफ्ना प्रादेशिक कार्यालय, इन्धन डिपो र शाखा कार्यालयलाई यस्तो निर्देशन दिएको हो । निगमका उपनिर्देशक विनीतमणि उपाध्यायका अनुसार सीमा क्षेत्रमा भारतभन्दा नेपालतर्फ पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म सस्तो छ, जसकारण सीमानजिक नेपालका पम्पहरूबाट विक्री हुने पेट्रोल, डिजेल तस्करी भई भारत नै जाने गरेको निगमको दाबी छ । पम्पहरूको इन्धन विक्री वितरण पारदर्शी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गर्न लागिएको निगमले बताएको छ । भारतीय सीमाबाट २ किलोमिटर नेपालतर्फ रहेका निगमका सबै साधारण पम्प तथा नमूना विक्रेतालाई पेट्रोलियम पदार्थको विक्री वितरण गर्दा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था एक महीनाभित्र मिलाउन भनिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै यसबारे प्रगति विवरण एक–एक महीनामा केन्द्रमा पठाउने व्यवस्था मिलाउन पनि निगमले निर्देशन दिएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेपछि आयल निगम निरन्तर घाटामा छ । निगमका अनुुसार मुलुकभर करीब १ हजार ६०० ओटा पम्प सञ्चालनमा छन् । तीमध्ये करीब ६० प्रतिशत तराईका जिल्लामा छन् ।

सीमा क्षेत्रमा इन्धन तस्करी रोक्न पम्पले विद्युतीय भुक्तानी लिनुपर्ने

फागुन १२, काठमाडौं । नेपाल आयल निगमले सीमा क्षेत्रमा हुने इन्धनको तस्करी रोक्न पेट्रोल पम्पहरूले विद्युतीय माध्यमबाट मात्रै भुक्तानी लिने व्यवस्था मिलाउन आफ्ना डिपो तथा कार्यालयलाई निर्देशन दिएको छ ।  भारतीय सीमा जोडिएको क्षेत्रमा पेट्रोल र डिजेलको सीमा मूल्य अन्तर फराकिलो भएपछि आयल निगमले आफ्नो प्रादेशिक कार्यालय, इन्धन डिपो र शाखा कार्यालयलाई यस्तो निर्देशन दिएको हो । निगमका उप- निर्देशक विनितमणि उपाध्यायका अनुसार सीमा क्षेत्रमा भारतभन्दा नेपालतर्फ पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म सस्तो छ । जसका कारण सीमानजिक नेपालका पम्पहरुबाट विक्री हुने पेट्रोल, डिजेल तस्करी भई भारत नै जाने गरेको निगमको दावी छ । पम्पहरुले विक्री वितरण गर्ने इन्धनलाई पारदर्शी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गर्न लागिएको निगमले बताएको छ । भारतीय सीमाबाट २ किलोमिटर नेपालतर्फ रहेका निगमका सबै साधारण पम्प तथा नमूना विक्रेतालाई एक महीनाभित्र पेट्रोलियम पदार्थको विक्री वितरण गर्दा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै यसबारे प्रगति विवरण एकरएक महीनामा केन्द्रमा पठाउने व्यवस्था मिलाउन पनि निगमले निर्देशन दिएको छ ।  अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेपछि आयल निगम निरन्तर घाटामा छ । निगमका अनुुसार मुलुकभर करीब १ हजार ६०० ओटा पम्पहरु सञ्चालनमा छन् । तीमध्ये करीब ६० प्रतिशत तराईका जिल्लामा छन् ।

खुला सिमाना : रोकिएन इन्धन तस्करी

काठमाडौँ । नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्खर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले कारवाही गरेको थियो । यसपछि निगमले सो ट्याङ्करमा इन्धन भर्ने पर्साको जगरनाथपुरस्थित श्वेता आयल सेन्टरलाई […]

इन्धन तस्करी रोक्न सीमामा कडाइ

नेपाल आयल निगमले भारततर्फ हुने इन्धन नियन्त्रण गर्न सीमा क्षेत्रका पम्पमा कडाइ गर्ने भएको छ । निगम केन्द्रीय

आइसीपीको नाका भएर ट्यांकरमै डिजेल तस्करी, तीन जना पक्राउ

वीरगंज : खुल्ला सिमानाको कारण सीमावर्ती क्षेत्रका इन्धन तस्करहरु नेपालको पेट्रोल पम्पबाट सस्तोमा इन्धन खरिद गरी महँगोमा बेच्न भारततर्फ ओसारपसार गरेको घटना सार्वजनिक भएको छ। पहिले साइकल, मोटरसाइकलमा इन्धन तस्करी गरेको पाइन्थ्यो भने अहिले भारततर्फ इन्धन बोक्न जाने ट्यांकरबाटै डिजेलको तस्करी भइरहेको खुलेको हो। गएराति पर्सा प्रहरीले करिब १ हजार…

मूल्य समायोजनसँगै सीमाबाट इन्धन तस्करी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य समायोजन गरेसँगै सीमा नाकाका तस्करहरुलाई भने फाइदा हुने भएको छ । आयल निगमले डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेपछि पर्साको सीमावर्ती नाकाबाट इन्धन तस्करी हुन थालेको छ ।

भारततिर इन्धन तस्करी हुँदा वीरगञ्जमा पेट्रोलको हाहाकार! :: Pahilopost.com

वीरगंज: मुलुककै इन्धन आयात गर्ने सबै भन्दा ठुलो नाका वीरगंज आसपासको बारा–पर्सा क्षेत्रमा दुई दिनदेखि पेट्रोल पाउन छोडेको छ। पर्सा र बारा गरी करिब तीन दर्जन पेट्रोल पम्पमा पेट्रोल छैन भनी बोर्ड झुण्डयाइएको छ। सवारी चालकहरु पेट्रोल नपाएर समस्या खेप्न बाध्य भएको बताएका छन्।  वीरगंज–१२ मुर्लीका कामेश्वर प्रसाद मोटरसाइकलको लागि

नाकाबन्दीको झल्को दिने इन्धन तस्करी

विगत केही महिनादेखि नेपालबाट निरन्तर भारततर्फ इन्धन तस्करी हुँदा पनि सरकारले नियन्त्रण गर्न सकेको देखिँदैन।

भारततर्फ इन्धन तस्करी भयावह

भारतमा इन्धनको मूल्य आकासिएपछि विभिन्न माध्यमको प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी पछिल्लो समय अत्याधिक रूपमा बढेको छ । भारतभन्दा नेपालमा पेट्रोलिमय पदार्थ सस्तो भएको कारण नेपालगञ्ज र आसपासको क्षेत्रबाट लामो समयदेखि भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुँदै आएको छ ।