सर्लाही : सर्लाहीमा धान रोप्न बाँकी रहेका किसान धमाधम रोपाइँमा व्यस्त भएका छन्। तीन दिनदेखि लगातार पर्याप्त वर्षा भएपछि धान रोप्न बाँकी रहेका किसानलाई अहिले रोपाइ गर्न भ्याइनभ्याइ परेकाे हाे।यो पानीमा अब बाँकी रहेका सबै खेतमा रोपाइ भइसक्ने किसानले बताएका छन्। धान रोप्न बाँकी रहेका खेतमा अहिले गर्दान (हिल्याउन) का लागि हल गोरु तथा ट्याक्टर, बीउ उखेल्ने कामदार तथा धान रोप्ने रोपाहार देखिन्छन्।ढिलै भएपनि रोपाइँ गर्न हुने गरी पर्याप्त वर्षा भइदिँदा किसान खुशी हुँदै रोपाइ गरिरहेका किसानहरुले बता