धान उत्पादन घट्ने भन्दै किसान चिन्तित

दोधारा चाँदनी– धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घट्ने भएकाले यहाँका किसान चिन्तित  छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताए ।  ‘चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ ।’ उनले भने, ‘गतवर्ष जस्तै यसवर्ष पनि […]

सम्बन्धित सामग्री

धान उत्पादन घट्यो

सर्लाहीमा यो वर्ष धान उत्पादनमा कमी आएको छ । आकासे वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो । मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानी तथा आफ्नो हैरानी अनुसार धान उत्पादन राम्रो नहुँदा जिल्लाका किसान चिन्तित छन् ।

भित्र्याउने बेलाको मार्सी धानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखा परेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए । उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो । त्यही उत्पादनले वर्षभरि पुग्थ्यो । खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने […]

भित्र्याउने बेलाको मार्सी धानमा ‘ब्लाष्ट’ रोगको संक्रमण

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाको मार्सी धान बालीमा ब्लाष्ट रोगको सक्रंमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईँले  ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए । उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो । त्यह...

धान थन्काउने बेलामा रोग देखिँदा चितवनका किसान चिन्तित

चितवन । जिल्लाका सात पालिकामध्ये धानको पकेट क्षेत्र खैरहनी नगरपालिकामा विभिन्न रोग देखिँदा किसान चिन्तित भएका छन् । थन्काउने बेलामा धान बालीमा फड्के, ब्लास्ट रोग देखिएपछि उनीहरू चिन्तित भएका हुन् । धान रोपेर हालसम्म खासै जटिल समस्या नदेखिए पनि पाकेर काट्ने बेलामा यो रोग देख्दा उनीहरू निराश छन् ।  खैरहनी नगरपालिका–२ का किसान प्रेमनाथ मरहट्ठाले धान पाकेर काट्ने बेलामा रोग देखिँदा आफू चिन्तित भएको बताउंँछन् । ‘मेरो १५ कट्ठा जमिनमा धानखेती छ । धानमा रोग देखियो । अब न चामलको गेडा राम्रो देखिन्छ न त उत्पादन नै बढ्छ,’ उनले भने । प्राविधिकलाई देखाएर उपचार गरे पनि उत्पादन भने ह्वात्तै घट्ने उनले बताए ।  रोगको कारण आधाजसो उत्पादन घट्ने उनको अनुमान छ । ‘रोग नलागेको भए कम्तीमा ३० क्विन्टल धान उत्पादन हुनेथियो । अब आफ्नो बालीबाट १२ देखि १५ क्विन्टल मात्र उत्पादन हुन पनि मुश्किल छ,’ मरहट्ठाले भने ।  उनी मात्र होइन, धान खेती गर्ने प्रायः सबै किसानको खेतमा यस्तै समस्या बग्रेल्ती देखिएको छ । खैरहनीको वडा नम्बर १, २, ३, ७, ९, १०, ११, १२ र १३ का किसानले लगाएको धानमा रोगको संक्रमण देखिएको हो । यहाँ फड्के किरा, मिलिबग, सित ब्लाइट, नेक ब्लाष्टजस्ता रोग देखिएको छ । धानमा रोग देखिएपछि किसानहरू नगरपालिका पुगेर जानकारी गराएका छन् । ‘किसान समस्या लिएर पनि आउनुहुन्छ ।  हामी तुरून्तै उहाँहरूको खेतमा पनि पुग्ने गरेका छौं,’ नगरपालिका कृषि अधिकृत गौरव न्यौपानेले भने, ‘धानमा देखिएको रोगका बारे उचित परामर्श समेत दिन्छौं । तर, यसको समाधान तत्काल नहुँदा उत्पादनमा असर पर्ने देखियो ।’ हाल यो ब्याक्टेरियल प्यानिकल ब्लाइट, फड्के किरा, सित ब्लाइट, नेक ब्लाष्ट जस्ता रोग देखिएको र अन्य पालिकामा समेत सर्न सक्ने कृषि अधिकृत न्यौपानेले बताए । कतिपय किसानले प्राविधिकको परामर्शबिनै जथाभावी विषादी प्रयोग गरेको पाइएकोले पनि समस्या भएको उनको भनाइ छ । अहिले खैरहनीमा सावा मन्सुली र सावित्री धान लगाइएको छ । सावा मन्सुली लगाइएको मध्ये ७० प्रतिशतमा र सावित्रीमा ३०÷३५ प्रतिशतमा रोग देखिएको कृषि अधिकृत न्यौपानेले जानकारी दिए । खैरहनी जिल्ला धानखेतीको पकेट ठाउँ हो । यहाँ दुई बाली धान लगाइन्छ । कृषि ज्ञान केन्द्र, चितवनका सूचना अधिकारी सुरूची त्रिपाठीले पूर्वी चितवनमा मात्र नभई पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको बताइन् । उनका अनुसार कार्यालयमा दैनिक तीन–चार जना यो समस्या लिएर आउने गरेका छन् । ‘धानमा लागेको समस्या लिएर आउनेको किसानको संख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ,’ उनले भने ।  कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ । यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताइन् । चितवनको खैरहनीबाहेक राप्ती, रत्ननगर, कालिका नगरपालिकामा पनि धानमा रोग देखिएको छ । चितवनमा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

मल अभाव हुँदा चिन्तामा किसान

सिन्धुपाल्चाेक- सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ। खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन्। ‘खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन। मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ’, इन्द्रावती-१२ का अबिन्द्र दनुवारले दुःखेसो पोखे। उनीजस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान भएका छन्। मल नहाली धान उत्पादन नहुने हुनाले […]

पाल्पाको धानबालीमा रोगको प्रकोप

पाल्पा । धानबालीमा डरलाग्दो मानिने खैरो फड्के किरा र पोके रोग अहिले पाल्पामा देखापरेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घट्ने चिन्तामा किसानहरू परेका छन् । धानबालीमा प्रकोपकै रूपमा खैरे फड्के किरा र पोके रोगले धानको बाला नष्ट हुन थालेसँगै जिल्लाका किसान चिन्तित बनेका छन् । […]

पसाउने बेलाका धानमा ‘मेली बग’ समस्या, औषधि प्रयोगपछि पनि आएन सुधार

दमौली : तनहुँको म्याग्दे गाउँपालिका-७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन्। धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन्। ‘अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो’, तनहुँको म्याग्दे गाउँपालिका-७ निवासी कोपिला नेपालीले…

खाद्य कम्पनीले धान खरीद नगर्दा कैलालीका किसान चिन्तित

पुस ८, कैलाली । कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै खुसी थिए । १२ बिघा क्षेत्रफलमा धान खेती गरेका विक्रम आफ्नो खेतको धान हेरेर आफैँ मख्ख पर्थे ।  उनको त्यो खुसी धेरै समय रहेन । धान काटेर खेतभरी बनाइएको धान बाढीले बगायो । बाँकी रहेको धान सरकारले तोकेको समर्थन मूल्यमा विक्री गर्न पाएपछि लगानीसम्म आउला भन्ने आशा विक्रमको मरेको थिएन । कात्तिकमा भित्र्याएको धान खाद्यको पर्खाईमा पुससम्म घरमै रह्यो । अन्ततः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरीदका लागि टीकापुर नगरपालिका–७ मा खरीद केन्द्र स्थापना गरी धान खरीद शुरु गरेपछि विक्रम बाढी र डुबानबाट बचाएको २० क्विन्टल धान ट्र्याक्टरको ट्राली भरेर सत्ती पुगे ।  खाद्यले विक्रमको धान तोकिएको मापदण्डअनुसार नभएको भन्दै फिर्ता गर्यो ।  ‘मूल्य पाइन्छ भनेर बाहिर धान विक्री गरिएन । केन्द्रले पनि धान गुणस्तरीय छैन भन्दै फिर्ता गरिदियो’, उनले भने, ‘बाढीबाट बचाएको धान बेचेर लगानी उठाउने आश थियो, त्यो पनि मर्‍यो ।’ विक्रम त्यसको एक उदाहरण मात्रै हुन् । कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानसँग यो वर्ष गुणस्तरीय धान छैन । अधिकांश धान बाढीमा बगेर गएको भए पनि डुबानमा परेको धान मुस्किलले बचाएको धान खाद्यले खरीद नगर्दा अर्को वर्ष धान रोप्नका लागि चाहिने खर्चको जोहो गर्न समस्या हुने किसान सुरेश चौधरीले बताए । ‘ट्राली भरेर खाद्यको खरीद केन्द्रमा धान विक्री गर्न पुगियो । पछि गुणस्तर पुगेन भनेर धान फिर्ता गरिदियो’, उनले भने, ‘बजारमा विक्री गर्दा एक हजार २०० मा विक्री गर्नुपर्ने बाध्यता छ । लगानी नै नउठ्ने भएपछि विक्री गरेर पनि के गर्नु ?’ टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौँरा थारुले किसानको धान खरीदका लागि सरकारले खाद्यलाई दबाब दिनुपर्ने बन्दै किसानसँग बाढी र डुबानबाट बचेको धान जुनसुकै हालतमा सरकारले खरीद गर्नुपर्ने बताएका छन् । ‘किसानलाई गुणस्तरीय धान ल्याउभन्दा किसानले कहाँबाट ल्याउन सक्छ । किसानसँग जस्तो धान छ, उसले त्यस्तै ल्याउने हो । त्यो धान खाद्यले खरीद गर्नुपर्छ’, वडाध्यक्ष रामलालले भने, ‘स्थानीय सरकारले किसानको धान खरीद गर्नसक्ने क्षमता छैन ।  प्रदेश वा संघीय सरकारले तत्काल किसानको खेतमा जस्तो धान उत्पादन भएको छ, त्यो धान खरीद गर्नुको विकल्प छैन ।’ उनले टीकापुर नगरपालिका–७ सत्तीमा धान खरीदका लागि आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरीद नै नगरी फर्किएको बताउँदै त्यसले किसानमा झनै पीडा थपिएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले गत मंसिर २२ गतेदेखि किसानको धान खरीद शुरु गरेको थियो । आजसम्म कम्पनीले १४ क्विन्टल धान मात्रै खरीद गरेको छ । कम्पनीले पहिलो चरणमा ३५ हजार क्विन्टल किसानले उत्पादन गरेको धान खरीदका जिम्मा पाएको थियो ।  पहिलो चरणमा धनगढी र सत्तीबाट धान खरीद शुरु गरेको भए पनि सत्तीमा पहिलो दिनमै किसानसँग विवाद भएपछि धान खरीद बन्द गरिएको कम्पनीका कैलाली प्रमुख इन्जिला बस्नेतले बताए ।  ‘हामीले धान खरीद बन्द गरेका छैनौँ । किसानसँग गुणस्तरीय धान नभएका कारण धान खरीद बन्द भएजस्तै छ’, कार्यालय प्रमुख बस्नेतले भने, ‘हामीलाई जस्तो निर्देशन आएको छ त्यसैअनुसार काम गर्ने हो । अब एक क्विन्टल धानबाट ६४ दशमलव शून्य ५ प्रतिशत चामल निस्कनुपर्छ । त्यो अहिले खरीद भएको धानबाट निस्कने कुनै सम्भावना छैन ।’ उनले किसानले पहिले काटेको धान बाढी र डुबानले बिगारेको र पछि काटेको धान बढी पाकेर बिग्रेका कारणले पनि किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरीद गर्ने खालको धान नभएको बताए ।  कैलालीमा मोटा धान खरीदका लागि मात्रै परिपत्र भएको बताउँदै प्रमुख बस्नेतले जुन धान रू. दुई हजार ७५२ मा खरीद गर्दै आएको बताए ।  ‘हामीले भनेर केही हुँदैन । केन्द्रबाट आएको निर्देशनानुसार हामीले काम गर्ने हो’, उनले भने, ‘तोकिएको मापदण्डभन्दा तलमाथि भएको धान खरीद भएको अवस्थामा हामीले पनि कारवाही भोग्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा आफँैलाई जोखिममा राखेर धान खरीद गर्नसक्ने अवस्था पनि भएन ।’ उनले यो वर्ष किसानसँग कम्पनीले तोकेको मापदण्डअनुसारको धान नभएकाले अब धान आउने सम्भावना पनि निकै कम भएको बताए ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरको मातहतमा टीकापुरमा मात्रै चार÷पाँच ठाउँबाट धान खरीद हुँदै आएकोमा अहिले त्यहाँका गोदाम चामलले भरिएको छ । रासस

धानबालीमा गबारो र ब्याक्टेरियल रोगको प्रकोप बढेपछि किसान चिन्तित

बिवेक भण्डारी नवलपुर । गत वर्ष गरिमा धान लगाए उत्पादन घटेका नवलपुरका किसानहरुलाई यो बर्ष रोगको प्रकोपले चिन्तित बनाएको छ । समयमै पानी पर्दा रोपाँई पनि समयमै भएकोले धान उत्पादन बढ्ने आशा गरेका किसान निरास बनेका छन् । धानमा बाला लाग्ने समयमा ब्याक्टेरियल, ढुसीजन्य रोग र गबारो जस्ता रोग देखिन थालेको छ । कृषि ज्ञान […]

सर्लाहीमा मलको अभाव, किसानलाई धान उत्पादन घट्ने चिन्ता

सर्लाही : सर्लाहीमा यस वर्ष पनि रासायनिक मलको अभावले किसान चिन्तित भएका छन्। धान रोप्ने समयमा प्रशस्त पानी पर्दा खुशी भएका किसान अहिले समयमै रासायनिक मल नपाउँदा उत्पादन घट्ने चिन्ताले किसान चिन्तित बनेका हुन्।धान रोपाइँको समयमा डिएपी मल नपाएका यहाँका किसानले गोडमेल गरिसक्दा पनि युरिया मल हाल्न नपाएको गुनासो गरेका छन्। बागमती–१० का लालबहादुर लामाले आफ्नो १ बिगाहमा २ बोरा मलको आवश्यक्ता रहेकोमा मल बिक्रीको जिम्मा पाएको साना किसान कृषि सहकारी हंकरपुरबाट २० किलो मात्र युरिया मल पाएको बताए