जसपा उपेन्द्र यादव पक्षले भन्यो - काठमाडौंमा पार्टीको कुनै बैठक छैन

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले काठमाडौंमा जसपाको केन्द्रीय समितिको बैठक नरहेको जनाएको छ । जसपाका कार्यालय प्रमुख प्रकाश अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी यही असार १३ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक २९ र ३० असारमा  वीरगञ्जमा बस्ने निर्णय गरेको जनाएको हो ।विज्ञप्तिमा केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरुले पार्टीका विधान र निर्णय विपरित अवैधानिक तथा अनाधिकृत रुपमा जसपाको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँमा बस्ने भनि भ्रम फै

सम्बन्धित सामग्री

वीरगञ्जमा जसपा उपेन्द्र यादव पक्षको बैठक सुरु

वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षधरको केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ। काठमाडौँमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहँदा यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो। जारी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्ने, भट्टराई पक्षधरले काठमाडौँमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत विषयमा […]

विभाजनको डिलमा जसपा

जनता समाजवादी पार्टी (जसपा) को विवाद मत्थर हुनुको साटो थप उत्कर्षमा पुगेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगन्जमा गर्दैछ।...

जसपा बाबुराम पक्षको बैठक असार २८ र २९ गते

समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते बैठक बस्ने तय भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो ।  जसपा (उपेन्द्र यादव पक्ष) ले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो । त्यसपछि जसपा (बाबुराम पक्ष) ले काठमाडौँमा २९ र ३० गते केन्द्रीय समितिको विस्तारित बैठक बस्ने घोषणा गर्यो । त्यसपछि जसपा (उपेन्द्र यादव पक्ष) ले पनि बकर इदको कारण देखाउँदै बैठकको मिति सारेर २९ र ३० गते

जसपा केन्द्रीय कार्यकारिणी समितिकाे बैठक वीरगञ्जमा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। असार २७ र २८ गते मधेश प्रदेशको वीरगञ्जमा बैठक बस्न लागेको जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच सहमतिमै पार्टीबाट अलग हुने भएपछि बैठक बस्न लागेको हो।

जसपा उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक आज बस्दैछ। अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको भोलिपल्ट यादव समूहको बैठक बस्न लागेको हो। पार्टी कार्यालय बालकुमारीमा११बजे बस्ने बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यहरु सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए। बैठकमा निर्वाचन आयोगको सनाखत र सर्वोच्च अदालतको मुद्दा लगायतमा छलफल गरिनेछ।

बालकुमारीमा जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक जारी

जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ । जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजेदेखि सुरु भएको बैठक अझै जारी रहेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले बताए ।बैठकमा पार्टीका आन्तरिक विवाद, निर्वाचन आयोगको निर्णय, देशको समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल भइरहेको बताइएको छ । पार्टीमा आन्तरिक विवादका कारण अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक नरहेको जानकारी हिजो विज्ञप्ति जारी गरेर बताएका थिए । यादव पक्षको का

जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं।जसपाको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।बिहान ११ बजेपछि बस्ने बैठकमा महन्थ ठाकुर,राजेन्द्र महतोसहितका नेतामाथि बहुमतले गरेको कारबाही अमान्य हुने निर्वाचन आयोगको निर्णयबारे छलफल हुने बताइएको छ। यसअघि नै उपेन्द्र यादव पक्षले आयोगको निर्णयप्रति आपत्ति जनाइसकेको छ। कारबाही अस्वीकार गर्ने आयोगको निर्णयलगत्तै एकतर्फी रूपमा कार्यकारिणी सदस्य थप गरेका ठाकुरले भने बैठकमा नजान कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका थिए।

जसपा महन्थ पक्षले भन्यो, कार्यकारिणी समितिको बैठक बोलाएका छैनौं

काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिको कुनै बैठक नबोलाएको बताएका छन्। आज बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा उपेन्द्र यादव पक्षको बैठक जारी रहेका बेला महन्थ पक्षले कुनै बैठक नडाकिएको बताएको हो। महन्थ ठाकुरद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “जसपा नेपालको केन्द्रीय कायकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी हामीलाई नभएको स्पष्ट पार्दछौं।”

नबोलाएको बैठकमा कसरी जानू : उपेन्द्र यादव

काठमाडौं। प्रधानमन्त्रीले केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई नजाने भएका छन् । जसपा अध्यक्ष यादवले देखापढीसँग भने, “नबोलाएको बैठकमा जाने कुरा नै हुँदैन, सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी छैन ।” जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर भने सर्वदलीय बैठकमा सहभागी हुँदैछन् । कोरोनाको रोकथाम र संसदलाई प्रभावकारी बनाउने विषयमा सर्वदलीय बैठक बस्दैछ ।