कांग्रेस काठमाडौंको मेयरमा सिर्जना सिंह

काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं र विराटनगर महानगरको उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहले टिकट पाउने पक्का भएको एक स्रोतले जनाएको छ । त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने निर्णय गरेको छ । नागेश शेयर कोइरालानिकट मानिन्छन् । उनी कांग्रेस मोरङका उपसभापति पनि हुन् ।

सम्बन्धित सामग्री

काठमाडौंको मेयरमा वालेन्द्र साहको जित सुनिश्चित

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।

काठमाडौंको मेयरमा केशव स्थापितभन्दा ५ हजार ५८ मत बढीले बालेन शाहको अग्रता

जेठ ३, काठमाडौं । काठमाडौं महानगरपालिकाको मंगलवार अपरान्ह १२ बजेसम्ममा जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ हजार ५८ मतको अग्रता लिएका छन् । शुरुरुवाती दिनदेखि नै अग्रता लिइरहेका उनले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् । तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले भने ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरको मतगणना : बालेन शाहलाई सुरुवाती अग्रता, पछ्याउँदै सिर्जना सिंह

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्बर १ र ३२ को मतगणना जारी छ । प्रारम्भिकमा मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन् । उनले १५ १ नम्बर र ३२ नम्वर वडाबाट १५ मत पाउँदा गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंहले भने ९ भोट ल्याएकी छिन् । काठमाडौंको मेयरमा […]

महानगरमा कांग्रेसका मेयर उम्मेदवार: सिंह, महर्जन र कोइराला

नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयर पदका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले काठमाडौंको मेयरमा सिर्जना सिंह, विराटनगरको मेयरमा नागेश कोइराला र ललितपुरको मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काठमाडौंको मेयरमा प्रकाशमानकी पत्नी सिर्जना सिंह

काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस महाधिवेशन प्रतिनिधि सिर्जना सिंहलाई उम्मेदवार बनाउने पक्का भएको छ ।

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । टिकट पाएसँगै उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने सिंहको तयारी छ ।

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह, अन्य उम्मेदवार तय गर्न बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाको उम्मेदवारीमा शीर्ष नेताहरुबीच सहमति भइसकेको छ । बाँकी महानग र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो लगाउँन केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । शीर्ष नेताहरुको बैठकमा बिराटनगर र ललितपुरको मेयरबारे टुंगो लाग्न सकेको छैन । […]

गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह

सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ । उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।

काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंह ‘क्लोज टु कन्फर्म’

केहीदिन अघि विभिन्न दलसम्बद्ध महिला नेतृहरूले प्रधानमन्त्री देउवासँग भेटेका थिए । कांग्रेस सभापति देउवा नै कन्भिन्स भइसकेका कारण काठमाडौंको मेयरमा गठबन्धनबाट सिर्जना नै उम्मेदवार बन्ने पक्कापक्कीजस्तै भइसकेको कांग्रेस नेताहरू बताउँछन् ।