आज देशभरका अदालत बन्द रहने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वाेच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । ‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत […] The post आज देशभरका अदालत बन्द रहने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

न्यायाधीश मरासिनीको निधनमा सर्वोच्चद्वारा दुःख व्यक्त

काठमाडौं–  सर्वोच्च अदालतले न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको सर्वोच्चले जनाएको छ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोट)ले उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधनमा उच्च अदालत पाटन, हेटौंडा इजलास तथा ती मातहतका जिल्ला अदालत शोक बिदाका रूपमा बन्द रहने निर्णय […]

दशैँमा पनि सर्वोच्चले मुद्दा सुनुवाइ गर्ने

काठमाडौँ : सर्वोच्च अदालतले बडादशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ।सर्वोच्च अदालतले आज (आइतबार) जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ।शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ। अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको जनाएको छ।

सन्दीपको थुनछेक बहस आज पनि जारी रहने

काठमाडौँ- बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि जारी रहने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजोबाट थुनछेक बहस प्रारम्भ भएको हो। हिजो बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । हिजो सन्दीपका तर्फबाट अधिवक्ताहरू म...

सन्दीपको थुनछेक बहस आज पनि जारी रहने

काठमाडौं : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि जारी रहने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजो थुनछेक बहस प्रारम्भ भएको हो। हिजो बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। हिजो सन्दीपका तर्फबाट अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए।  बहसका क्रममा आफूहरुले पीडित भनिएकी किशोरीको जन्मदर्ता र नागरिकतामा फरक उमेर पाइएको भन्दै जन्मदर्तालाई आधार मान्नुपर्ने माग इजलास स

पूर्वप्रधानन्यायाधीशकाे निधनमा आज देशभरका अदालतमा शाेक बिदा

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनकाे शाेकमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने भएका छन् ।

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा शोक बिदा, आज देशभरका अदालत बन्द रहने

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् ।  सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।  ‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक बिदाको रूपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।  शर्माको बुधबार निधन भएको थियो । उनका छोरा

सर्वोच्च अदालत : फूलकोर्ट आज बस्दै

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ । प्रधानन्या

बार भर्सेस बेन्च : सर्वोच्चमा जारी छ कानुन व्यवसायीको धर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत र बार परिसरमा धर्ना दिएको छ। करिब चार सातादेखि सर्वोच्च केन्द्रित आन्दोलन गरिरहेको बारले जबराको राजीनामा नआएसम्म आन्दोलन जारी रहने जनाएको छ। प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था गरिएपनि बारले जबरालाई…

आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार (आज) पनि धर्ना सुरु गरेका छन् । उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका हुन्। धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्।

भोलि संवैधानिक इजलास नबस्ने

काठमाडौं : मंगलबार संवैधानिक इजलास नबस्ने भएको छ। पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधनमा भोलि सर्वोच्च अदालत शोक विदामा रहने हुँदा इजलास नबस्ने भएको हो। इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाण्डेको निधनमा सम्वेदना प्रकट गर्न भोलि अदालत बन्द रहने जानकारी गराएका हुन्। न्यायाधीश पाण्डेको आज निधन भएको हो। प्रतिनिधिसभा विघटनको विरुद्ध…