मुगु र हुम्ला कोभिड फ्री, देशभर ८ हजारभन्दा कम सक्रिय संक्रमित

काठमाडौं । मुगु र हुम्लामा कोभिड १९ फ्री जिल्ला भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक २१ गतेको तथ्यांक अनुसार यी दुई जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य भएको हो ।  मोरङ, सुनसरीलगायत ९ जिल्लामा भने सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी पाँच सयसम्म रहेको छ । काठमाडौं र ललितपुरमा भने...

सम्बन्धित सामग्री

७० जिल्लामा ४५६७ सक्रिय संक्रमित, आधाभन्दा बढी काठमाडौंमा

शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन्।

यी दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

काठमाडौं । सोमबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित  छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा मनाङ, हुम्ला, मुगु, सल्यान र जाजरकोट छन् । आज सात वटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा भक्तपुर, सुनसरी, पूर्वी नवलपरासी, धनुसा, कास्की, […]

काठमाडौं र ललितपुर जिल्लामा नै ५ सयभन्दा बढी संक्रमित,

काठमाडौं : काठमाडौं र ललितपुर जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल ललितपुर र काठमाडौं जिल्लामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।हाल काठमाडौंमा ६ सय ९० जना र ललितपुरमा ५ सय ५८ जना सक्रिय संक्रमित छन्। यस्तै चार वटा जिल्लामा कोरोना संक्रमित शून्य छन्।मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा संक्रमण शून्य रहेको मन्त्रालयको विवरणमा उल्लेख गरेको छ।

हालसम्म ६३ ओटा जिल्लामा निषेधाज्ञा जारी

वैशाख २५, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि ६१ ओटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  गृह मन्त्रालयको विवरणअनुसार शनिवार अपराह्न ४ बजेसम्म ५३ ओटा जिल्लामा जिल्लाभर र १० ओटा जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।  बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ ।  यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।  यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटाका कोरोना प्रभावित क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ । सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् । रासस

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना भाइरस संक्रमणमुक्त

कर्णाली प्रदेशका १० मध्ये ९ जिल्ला कोभिड–१९ को संक्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित छैनन् ।मंगलवारसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो ।   ...