काठमाडौं र ललितपुर जिल्लामा नै ५ सयभन्दा बढी संक्रमित,

काठमाडौं : काठमाडौं र ललितपुर जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल ललितपुर र काठमाडौं जिल्लामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।हाल काठमाडौंमा ६ सय ९० जना र ललितपुरमा ५ सय ५८ जना सक्रिय संक्रमित छन्। यस्तै चार वटा जिल्लामा कोरोना संक्रमित शून्य छन्।मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा संक्रमण शून्य रहेको मन्त्रालयको विवरणमा उल्लेख गरेको छ। 

सम्बन्धित सामग्री

बागमती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लु

बागमती प्रदेशको ६ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु फैलिएको हो । ६ जिल्लामा ५८ हजार २ सय ६१ पन्छी, २२ हजार ३४...

काठमाडौंलगायत यी जिल्लामा किन बढे कोराना संक्रमित ?

काठमाडौं, २६ पुस । पछिल्लो २४ घन्टामा ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंसँगै पाँच जिल्लामा कोरोना भाइरसको उच्च संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही समय मथ्थर हुँदै गएको कोरोना संक्रमणदर फेरी बृद्धि भएको हो । आइतबार देशभर थपिएका संक्रमितमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ र कास्कीमा ६९० […]

आज यी १९ जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। आज नेपालका १९ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। ती जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपदेन्ही र सुर्खेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमण बढ्दै गएको मन्त्रालयले जनाएको छ।

आज यी १६ जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। हाल देशका १६ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल मोरङ,सुनसरी,झापा,काठमाडौं,भक्तपुर,ललितपुर चितवन, मकवानपुर,काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, रुपन्देही र सुर्खेतमा पाँच सय सक्रिय कोरोना संक्रमित छन्। हाल प्रदेश १ का तीन, बागमतीका सात, गण्डकीका चार र लुम्बिनी र कर्णालीका एक/एक जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।

१५ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका १५ वटा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। देशभर निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपछि संक्रमितको संख्या बढ्न थालेको बताइएको छ। मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पूर्व), कास्की, बाग्लुङ, रुपन्देही र सुर्खेत रहेका छन्।

यी जिल्लामा छन् ५०० भन्दा बढी संक्रमित

काठमाडौं। हाल देशका १० वटा जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै मन्त्रालयले यस्तो बताएको हो। मन्त्रालयका अनुसार मोरङ, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका हुन्। यसैगरी मन्त्रालयले २६ वटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको बताएको छ।

२५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशका ७७ मध्ये २५ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको जनाएको छ। ती जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, बारा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन,काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट,कास्की, गोरखा, नवलपरासी(पूर्व), बागलुङ, दाङ, रुपन्देही, पाल्पा, बर्दिया, सुर्खेत र कैलाली छन्। हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या घट्दै गएको छ।

यी जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका कोरोनाका २७ वटा जिल्लामा पाँचसय जनाभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। ती जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, कास्की, गोरखा, नवलपरासी, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, सुर्खेत, कैलाली र बैतडी रहेका छन्।