७० जिल्लामा ४५६७ सक्रिय संक्रमित, आधाभन्दा बढी काठमाडौंमा

शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन्।

सम्बन्धित सामग्री

थपिए ४ हजार ९०४ जना कोरोना संक्रमित, ५ हजार ९२४ जना संक्रमणमुक्त

माघ १५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार मुुलुकभर गरिएको १० हजार १०१ पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  उक्त अवधिमा छ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ।  योसँगै  नेपाल कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ। मन्त्रालयले कुल संक्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको बताएको छ । विगत २४ घण्टामा ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। योसँगै मुलुकभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ।  हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ। हाल १३९ जना क्वारेन्टाइनमा,२८६ जना आईसीयूमा र ४७ जना भेन्टिलेटरमा रहेका छन् ।  काठमाडौं उपत्यकामा थपिए १ हजार ८२० संक्रमित  काठमाडौं उपत्यकामा १ हजार ८२० जना कोरोना संक्रमित थपिएका छन्।  विगत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका तीन ओटा जिल्लामा थप १ हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो।  थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौंमा १ हजार ४०४ जना संक्रमित थपिएका छन् भने ललितपुर जिल्लामा ३०५ जना र भक्तपुर जिल्लामा १११ जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ । तेस्रो लहर ओरालो लागेको हो ? गत सातादेखि निरन्तर ओरालो लागिरहेको कोरोना भाइरसको संक्रमण दर शनिवार भने गत माघ १ गते नजिककै अवस्थामा झरेको छ। तर परीक्षण घटेकाले संक्रमण दर घट्दै गएको भनेर ढुक्क हुन सकिने अवस्था अझै नआइसकेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। अघिल्लो साताको अन्त्यमा परीक्षण गराउनेमध्ये आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।  गत माघ १ गते ३१ दशमलव ८ प्रतिशत रहेको संक्रमण दर त्यसयता निरन्तर बढेर माघ ८ गते ५० दशमलव ८ प्रतिशतसम्म पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत माघ १० गतेपछि भने निरन्तर घट्दै गएको कोरोना संक्रमण दर शनिवार ३३ दशमलव ७ प्रतिशतमा झरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमित हुनेहरूको संख्या पनि केही दिनयता घट्दै गइरहेको देखिन्छ। मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलले पछिल्लो समय सक्रमण घटेको बताए। उनले यही नै रेन्जबाट थप घट्दै जाला नै भन्ने आकलन हो, थप नयाँ भेरिएन्ट आएन वा भिडभाड हुने गतिविधि बढेनन् भने अब नबढ्ला भनेका छन् । संक्रमण दर र संक्रमित हुनेहरूको संख्यामा कमी आएसँगै देशभरि भएका सक्रिय संक्रमितको संक्रमितको संख्या पनि घट्न थालेको छ।

कोरोनाका ५३ प्रतिशत सक्रिय संक्रमित काठमाडौंमा, नाका र समुदायमा छैन परीक्षण

काठमाडौं । पुसयता देशभर कोभिड–१९ संक्रमण निरन्तर बढिरहेको छ । विशेषगरी भारतसँग सीमाना जोडिएका जिल्लाहरूमा परीक्षण पोजिटिभ आउने दर बढेको छ । तर, सक्रिय संक्रमितको तथ्यांक हेर्ने हो भने काठमाडौं उच्च जोखिममा छ । तर, काठमाडौं उपत्यकामा अस्पताल तथा प्रयोगशालामा गरिएकाबाहेक न नाकामा एन्टिजेन परीक्षण गरिन्छ न समुदायमा नै ।  आधाभन्दा बढी...

भारतमा २०१ दिनपछिकै सवैभन्दा कम संक्रमित, सक्रिय संक्रमित पनि न्युन

असोज १२, नयाँदिल्ली(भारत) । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलवार झण्डै सात महीना पछिकै कम भएको हो । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ संक्रमित भएका छन् । दैनिक संक्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाइ छ । नयाँ संक्रमितमध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।            मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना संक्रमित भएका हुन् । केरला बाहेक अन्य क्षेत्रको संक्रमितको सङ्ख्या हेर्दा अत्यन्त न्युन देखिएकाले पनि सन्तोष मान्नु पर्ने अवस्था नै रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।            यसलाई अझै घटाउनका लागि खोप अभियानसँगै सतर्कता अपनाउनु पर्ने अभियानलाई निरन्तरता दिइएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या ३ करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ ।      कुल संक्रमितमध्ये २ लाख ९२ हजार २०६ जना संक्रमित अवस्थामै रहेका छन् । यो पनि १९२ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले बताएका छन् । सक्रिय संक्रमितहरुको अहिलेको सङ्ख्या कुल संक्रमितहरु मध्येको एक प्रतिशतभन्दा पनि कम देखिएको छ । यो सङ्ख्या पनि २०२० को मार्चपछिकै सवैभन्दा कम भएको अधिकारीहरुको भनाइ छ ।            मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ३ करोड २९ लाख ५८ हजार दुई जना कोरोनाभाइरसबाट संक्रमणमुक्र भएका छन् । ती मध्ये २६ हजार ३० जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन । दैनिक नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै हुदै गएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या पनि घट्दै गएको हो ।            भारतमा कोरोनाबाट अहिलेसम्म कुल ४ लाख ४७ हजार ३७३ जनाको मृत्यु भएको छ । ती मध्ये १७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले बताएको छ । रासस/ एएनआई