काठमाण्डौ - अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनको चीन भ्रमण दुई देशको सम्बन्ध सुधारमा केन्द्रित भएको छ ।
उहाँ नयाँ सरकार गठनपछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुनुहुन्छ । अमेरिकी उपविदेशमन्त्रीसँगको भेटवार्तामा चीनका समकक्षी शी फङले आफ्नो नेतृत्वलाई बदनाम नगर्न आग्रह गर्दै अमेरिका चीनबीचको तिक्तता मेटाउनुपर्नेमा जोड दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनप्रति विशेषतः मानवअधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गर्नुभएको छ । चीनको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा अमेरिकाले आफ्नै सं...