बागलुङ : बागलुङको बलेवा विमानस्थल सञ्चालनका लागि कालोपत्रे भइसकेको छ। कालोपत्रे भएको तीन महिना पुरान हुन लाग्दा पनि सञ्चालन सम्बन्धी केही निष्कर्ष निस्किन सकेको छैन। आइतबार विमानस्थल सञ्चालनका लागि विज्ञ टोलीसँग सरोकारवालाको छलफल भएको छ। छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।उनीहरुले विमानस्थललाई अरु कुनै विकल्पमा राख्न नहुने भन्दै विमान सञ्चालनका लागि वातावरण तयार गरिनु पर्ने बताएका थिए। विमानस्थल सञ्चालनका विषयमा सुझाव संक