उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौँ र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन् । एकतीस वर्षयता यहाँ रहेको विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ । कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगविहीन विमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर