कमला नदीमा बाढी नियन्त्रणका लागि बाँध निर्माण लगायतका काम गर्नेगरी बनाइएका उपभोक्ता समिति आन्दोलित भएका छन् । सम्पन्न भइसकेका कामको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित भएका हुन् ।कमला नदी नियन्त्रण आयोजना कार्यालयको कार्यादेशमा धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका काम गरे बापतको भुक्तानी पाउन नसकेको उनीहरुको गुनासो छ ।भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरुले मंगलबार कार्यालय अगाडि धर्ना दिएका छन् । उपभोक्ता समिति