उत्पादन बढाउने बजेट

नबढ्दो आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सरकारको लक्ष्य भए पनि प्रभावकारी कार्ययोजना र तिनको कार्यान्वयन फितलो हुँदा उत्पादन वृद्धि हुन सकेको छैन । उत्पादनमूलक उद्योगहरूलाई सघाउने खालको नीति नबन्दा तथा सरकारी निर्णयमा अन्तरविरोध रहँदा उद्योगहरूको संख्या उल्लेख्य खुल्न सकेको छैन । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटिरहेको छ र उसले उद्योगले भोग्नुपरेका समस्या समाधानार्थ केही क्रान्तिकारी नीति लिन आवश्यक देखिएको छ । सरकार टालटुले परम्परागत नीति तथा लोकरिझ्याइँका कार्यक्रममा रमाउला वा अर्थतन्त्रमा गम्भीर समस्यालाई क्रान्तिकारी कार्यक्रमबाट सम्बोधन गर्ला त ? नेपालमै उत्पादन गर्नुभन्दा आयात गर्न सस्तो हुने गरी नीति बनाइएको छ । केही तयारी वस्तुमा भन्दा कच्चा वस्तुमा कर बढी लिनु यसको उदाहरण हो । आयात वृद्धिको आँकडामा केही कमी आए पनि व्यापारघाटा कहालीलाग्दो छ । निर्यात वृद्धि भए पनि उत्साहित बनाउने खालको छैन । अझ निर्यात पनि नेपालको उत्पादनमूलक क्षमताका कारण बढेको देखिँदैन । भन्सार मूल्यान्तरमा खेलेर तेस्रो मुलुकबाट आयात गरी भारततर्फ गरिने निर्यात बढी देखिन्छ । ठूलो परिमाणमा मूल्य वृद्धि गर्न सकेको भए पनि यो सकारात्मक हुन्थ्यो । तर, भारतसँगको व्यापार सन्धिका कारण पाएको सुविधाको उपयोग गरेर सामान्य प्रशोधन गरिएका वस्तुको निर्यात बढेको छ । यस्तो निर्यात अस्थिर हुन्छ । अर्को यसले मुलुकको साख र अन्य देशको विश्वास गुम्न सक्ने डर हुन्छ । निर्यात वृद्धि स्थिर खालको हुनुपर्छ । तर, विश्व बैंकका अनुसार औसतमा २ दशमलव ७ वर्षका लागि मात्र कुनै वस्तुको निर्यात भएको पाइन्छ । पाम निर्यात बढ्यो तर भारतले यो आयातमा प्रतिबन्ध लागेपछि भटमासको तेल निर्यात बढेको छ । भटमासको तेलमा पनि प्रतिबन्ध लाग्न सक्छ । विगतमा राम्रो निर्यात भएका गलैंचा, पश्मिना र तयारी पोशाक पनि धेरै वर्ष टिक्न सकेनन् । यसले नेपालको निर्यात क्षमता कमजोर रहेको देखाउँछ । विश्व बैंकको प्रतिवेदनअनुसार नेपालको निर्यात क्षमता ९ अर्ब २० करोड डलर बराबरको रहेको छ । तर, निर्यात भने १ अर्ब डलर पनि छैन । अहिले भइरहेको निर्यातको १२ गुणा बढी सम्भावना छ तर सम्भावना दोहनमा नेपालले आवश्यक काम गर्न नसकेको देखिन्छ । पूर्ण क्षमतामा निकासी गर्न सकेमा २ लाख २० हजार नयाँ रोजगारी सृजना हुन्छ । १० लाख डलर बराबरको निर्यात सामग्री बनाउँदा कृषिक्षेत्रमा ३८ र उत्पादनमूलकमा १३ नयाँ रोजगारी सृजना हुन्छ । नेपालले निर्यात क्षमता बढाउन सकेको छैन बरु घट्दै गएको आँकडाले देखाउँछ । सन् २००९ मा ११६७ ओटा वस्तु निर्यात भएकामा २०१७ मा १०९३ मा झरेको थियो । त्यस्तै यस अवधिमा १४६ देशमा निर्यात गरेको घटेर १२४ मा सीमित भएको छ । निर्यात गरिएका वस्तु पनि उच्च प्रविधिको बढी आम्दानी गराउने खालको छैन । १ प्रतिशत वस्तुमात्रै यस्तोमा परेको देखिन्छ । यस्तोमा उत्पादनमूलक उद्योगलाई सरकारले सहयोग गर्नुपर्नेमा दिएका सुविधासमेत फिर्ता लिएको देखिन्छ । त्यस्तै नेपालमै उत्पादन गर्नुभन्दा आयात गर्न सस्तो हुने गरी नीति बनाइएको छ । केही तयारी वस्तुमा भन्दा कच्चा वस्तुमा कर बढी लिनु यसको उदाहरण हो ।   कोरोनाका कारण पर्यटनको आय घटेको छ । यो वस्तु निर्यातको हाराहारीमा रहेको छ । विप्रेषण आय केही बढे पनि पर्यटन आय घट्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ । यसलाई कम गर्न वस्तुको निर्यात वृद्धि गर्नुपर्छ । कृषि सामग्रीको निर्यातका लागि क्वारेन्टाइन केन्द्र निर्माणलगायत पूर्वाधार बढाउन आवश्यक छ । वैदेशिक लगानीले नेपाली उत्पादनलाई विश्व मूल्य शृंखलामा जोड्न सक्छ तर त्यसो भइरहेको छैन । यसका लागि नीतिगत सुधार गर्नुपर्ने देखिएको छ । निर्यातका लागि विभिन्न देशले दिएको सुविधा नेपालले उपयोग गर्न सकेको छैन । स्तरीकरणपछि अहिले पाएको केही सुविधा गुम्ने भएकाले निर्यातमा झनै समस्या हुन सक्छ । त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने देखिन्छ । नेपालको श्रम उत्पादकत्व बढ्न सकेको छैन । त्यस्तै आर्थिक कूटनीति पनि निर्यात वृद्धिमा अपेक्षित रूपमा सक्रिय भएको पाइँदैन । यी सबै कुरामा सुधार ल्याउने गरी बजेटमा कार्यक्रम आउन आवश्यक छ ।

सम्बन्धित सामग्री

स्याउ सुपरजोनलाई ४० करोड बजेट

जुम्ला– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुम्लामा सञ्चालित स्याउ सुपरजोन कार्यक्रमका लागि ४० करोड रुपैयाँ बजेट दिइएको छ । कार्यक्रम लागु भएको ७ वर्षमा संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको छ, जसमध्ये ३३ करोड रुपैयाँ खर्च भएको छ । कृषि परियोजना अन्तर्गत स्याउ उत्पादन बढाउने, सस्प तथा प्रविधि हस्तान्तरण र सिँचाइ सुविधा विकासका लागि […]

‘बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ’

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन्। नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र आउनु र प्रदेशमा राजस्व पनि सङ्कलनमा कमी आउनुले […]

यूरोपभर चिप उत्पादन बढाउने योजनामा ईयू भयो सहमत

काठमाडौं । यूरोपको संसद र यूरोपेली संघ (EU)को सदस्य देशहरूले यूरोपभर चिपको आपूर्ति बढाउने योजनामा सहमति गरेका छन् । एशियाली आपूर्तिकर्ताहरूमाथिको निर्भरता कम गर्ने होडबीच मंगलवार सो सहमति भएको हो ।  कोरोना भाइरस (CoronaVirus) को महामारीका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएपछि विश्वभर चीपको चरम अभाव भएको थियो । त्यसपछि यस्तो चिप आयातमा निर्भर देशहरूले स्थानीय स्तरमा चिप उत्पादनमाथि जोड दिएका छन् । एशियाली विशेषगरी चीन र ताइवानका कम्पनीहरूको चिप उत्पादन र निर्यात बजारमा दबदबा छ ।  पछिल्लो सम्झौताले प्रतिस्पर्धामूलक चिप उद्योगको जन्म गराउने अनि विश्वको बजार हिस्सामा जग बनाउन सहयोग गर्ने आशा गरिएको छ । पछिल्लो सम्झौतामा ईयूले विश्वको चीप बजारमा आ-आफ्नो हिस्सा अहिलेभन्दा दोब्बर बनाएर सन् २०३० सम्ममा २० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ । यसका लागि निजी र सार्वजनिक क्षेत्रबाट ४३ अर्ब यूरोभन्दा धेरैको लगानी परिचालित गर्न खोजिएको छ । सन् २०३० सम्ममा बजार हिस्सा दोब्बर बनाउन ईयूले उत्पादनलाई चौब्बर बनाउनु पर्नेछ । यो योजनामा लगानी भने अहिलेको ईयू बजेट मनीबाट आउनेछ । ईयूले अनुसन्धान र विकासको लागि ३ अर्ब ३० करोड यूरो पनि परिचालन गर्नेछ । यो सम्झौतामा संकटको समयमा आपूर्ति अभावलाई निगरानी गर्ने प्रणाली पनि छ । युक्रेनी युद्ध जस्ता भूराजनीतिक झट्का कारण हुन सक्ने अप्ठ्याराले यूरोपमा पार्न सक्ने असर कम गर्न पनि पछिल्लो सहमति भएको हो । गएको वर्षको शुरुतिर रुस (Russia) ले युक्रेन (Ukraine) माथि आक्रमण गरेपछि ईयूलाई रुसी जैविक इन्धनको विकल्प खोज्न निकै सकस भएको थियो । यूरोप (Europe) मा चीपको निकै ठूलो माग छ । अमेरिकी कम्पनीहरू मात्रै नभएर यूरोपेली कम्पनीहरूले पनि यहाँ चिप उत्पादनका लागि पैसाको खोलो बगाएका छन् । एजेन्सी

खेतीको समयमा मलको व्यवस्था गर

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी जोड दिएर बजेट रकम पनि बढाएको दाबी गरेको छ । आन्तरिक उत्पादन बढाउने, खेत बाँझो राख्नेलाई जरिवाना गर्ने तथा कृषिजन्य उत्पादनको आयात प्रतिस्थापनजस्ता विषय पनि हाल चर्चामा छन् । हुन त कृषिमा जोड दिइएको दाबी गरिएको यो पहिलो बजेट पनि होइन र अन्तिम बजेट पनि हुनेछैन । हरेक […]

बजेटको ‘भण्डाफोर अभियान’ किन ?

अहिले बजेटबिरुद्ध विपक्षको ‘भण्डाफोर अभियान’ चर्चामा छ । यद्यपी विपक्षले राजनीतिक मुनाफा खोज्नु अन्यथा होइन । आन्तरिक उत्पादन बढाउने, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने, कृषिलाई प्राथमिकता दिँदै भौगोलिक सन्तुलन कायम गर्ने र प्रदेश तथा स्थानीय सरकारलाई थप मजबुत बनाउने सवाल लगायतका धेरै विषयहरुमा विपक्षको टाउको दुख्नु अन्यथा होइन । विगत आर्थिक वर्षको भन्दा कृषि क्षेत्रमा करिव ३२ प्रतिशत वढी बजेट विनियोजन गरिएको छ । आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलक

‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा

१५ जेठ, काठमाडौं । स्वदेशी उत्पादन बढाउने, उक्त उत्पादन स्वदेशमै खपत गर्ने र निर्यातमा जोड दिनेगरी सरकारले नयाँ बजेटमार्फत ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा गरेको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० वर्षे उक्त कार्यक्रमका लागि ३ अर्ब ४५ करोड रुपैयाँ बजेट छुट्ट्याएको जानकारी दिए […]

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोग गरेर कृषि उत्पादन बढाउने अभियान सुरु गर्ने भएको छ । सरकारले बजेट भाषणमार्फत बाँझो जमिन उपयोग नीति अघि सारे पनि व्यावहारिक कार्यान्वयन हुन नसकेको...

दूध र डेरी क्षेत्रलाई प्रोत्साहन गरेर बजेट

काठमाडौं। कृषि तथा पशुपन्छि विकासमन्त्री पद्माकुमारी अर्यालले दूध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको बताएकी छन्। उनले दुग्ध क्षेत्रमा रहेको तमाम समस्या समाधान गर्नेगरी आगामी वर्षको बजेट ल्याएको बताएकी हुन्। उनले भनिन्, “दूध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको छ।”

उत्पादन बढाउने बजेट ल्याउन जोड

नेपाल समाचारपत्र, काठमाडौं प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले साना किसानमैत्री बजेटको तयारी भइरहेको जानकारी दिनुभएको छ । प्रदेश १ धेरै उत्पादनमा आत्मनिर्भर रहेको र बाँकी रहेका उत्पादनमा पनि आत्मनिर्भर हुने अवस्थामा रहेको उहाँको दाबी छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चलर जर्नालिस्टले बिहीबार आयोजना गरेको ‘कोरोना महामारी र प्रदेश १ […]