शैक्षिक सत्रको चार महिना बित्यो, बझाङका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

बझाङ : शैक्षिक सत्र सुरु भएको चार महिना बित्नै लाग्दा पनि बझाङका सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन्। यसबाट पठनपाठन प्रभावित भएको छ।जिल्लामा गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन्। विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन्।जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम चैनपुर बजारकै सत्यवादी माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतमा पनि  

सम्बन्धित सामग्री

शैक्षिक सत्र शुरु भएको ४ महिना बित्यो‚ पाएनन् विद्यार्थीले पुस्तक

धनकुटा : नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हक भनेर व्यवस्था गरेको छ। तर शैक्षिक सत्र शुरु भएको ४ महिना बित्दासमेत धनकुटाका जिल्लाभरिका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन्।यस वर्षको शैक्षिक सत्र जेठ १ गते शुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन्। जिल्लाको साँगुरीगढी गाउँपालिका-७ महाभारतमा रहेको गोलखाडी माविका विद्यार्थीले अझैसम्म पनि नयाँ पुस्तक पाएको गुनासो गरेका छन्।गोलखाडी माविको कक्षा ८ मा अध्य

नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय

शिक्षा मन्त्रालयले विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । वैशाख महिनाभित्र परीक्षा सकिसक्ने तथा सोही महिनामा भर्ना कार्यक्रम पनि सकेर जेठ १ देखि कक्षा सञ्चालन गर्ने निर्णय भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७९ को चैत्र मसान्त सम्मको पुरै अवधि विद्यालयले नियमित रूपमा पठन पाठन संचालन गर्न निर्देशन दिएको छ । विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू २०७९ वैशाखमा मात्र संचालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिना भित्रै सक्नुपर्ने केन्द्रको निर्णय छ । ...

चालु नयाँ शैक्षिक सत्र : विज्ञको दुई थरी सुझाव, मन्त्रालय अन्योलमा

काठमाडौं : सरकारले चालू शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म तोकेको छ। जसअनुसार अब जम्माजम्मी पढाई हुने समय ४ महिना मात्र छ।तर त्यो समयमा पाठ्यक्रम सकिने लक्षण देखिएको छैन। कोभिडका कारण बन्द भएका देशभरका विद्यालय छठपछि मात्र खुलेका हुन्।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार मन्त्रालयमा विभिन्न विज्ञहरूबाट दुई थरी सुझाव प्राप्त भएको छ।मन्त्रालयका प्रवक्ता दिपक शर्मा भन्छन्, ‘केहीले चैत मसान्तसम्ममा पठनपाठन सकिन्छ भनेका छन्, केहीले पूरा हुँदैन, समय थप्नुपर्छ प

तोकिएको समयमा चालू शैक्षिक सत्र पूरा हुनेमा आशंका

काठमाडौं : कोभिड-१९ का कारण बन्द भएका विद्यालय गत असोजयता खुल्न थालेका छन् भने कतिपय स्कुल छठपछि धमाधम खुल्दै छन्।सरकारले ०७८ को चालू अर्थात नयाँ शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म तोकेको छ।शैक्षिक सत्रको हिसाबले अब पढाइ हुने समय जम्माजम्मी ४ महिना मात्र छ। यति समयमा सबै पाठ्यक्रम सकिनेबारे आशंका उत्पन्न भएको छ।नेपालमा कोरोनाको दोस्रो लहरको फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भएको थियो।त्यसपछि सबै शैक्षिक संस्था बन्द भए। पढाइ हुन सकेन। वैकल्पिक सिकाई पनि प्रभावका

नयाँ शैक्षिक सत्र पनि कोरोना कहरमा

काठमाडौं : नेपालमा पुन: दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा कारण हालसम्म कुनै पनि शैक्षिक संस्था खुलेका छैनन्।विद्यालय बन्द भएकाे भोलि (शनिबार) तीन महिना पूरा हुँदै छ। सरकारले गत असार १ गतेदेखि २०७८ को नयाँ शैक्षिक सत्र सुरु गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार नयाँ शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएकाे छ। फेरि पनि नेपालमा तेस्रो लहरको कोरोना संक्रमण फैलिने स्वास्थ्य तथा

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।

सरकारले यसरी गर्दै छ शैक्षिक सत्र व्यवस्थापन

काठमाडौं : कोभिड-१९ कहरका कारण चैत ११ गतेदेखि देशमा लकडाउन भयो। जसले गर्दा करिब ९ महिना शैक्षिक गतिविधिका क्रियाकलाप सबै ठप्प भए। कोभिडकै कारण विद्यार्थीको पढाइ प्रभावित भयो भने, शैक्षिक सत्रसमेत बिथोलियो।तर, सरकारले शैक्षिक सत्रलाई व्यवस्थित पार्न पहलकदमी चालेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार यस वर्षको शैक्षिक सत्रलाई लम्ब्याइएको छ। वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएकाे छ। कोभिड-

जेठसम्म लम्बियो शैक्षिक सत्र, असारदेखि नयाँ सुरु

काठमाडौं । सरकारले यो वर्षको शैक्षिक सत्र आगामी जेठ महिनासम्म लम्ब्याउने जनाएको छ । कोरोनाका कारण असर परेको साविक शैक्षिक सत्रमा दुई महिना थप गरी जेठसम्म लम्ब्याइएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी हुनु भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताउनुभएको हो । यस निम्ति मन्त्रालयले तयारी गरीसकेको उहाँको भनाई छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाईएको र छिट्टै टुंगो लाग्ने जानकारी दिनुभयो । यस्तै, मन्त्री श्रेष्ठले आगामी दिनमा एचआईभी. संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत बताउनुभयो ।

चालु शैक्षिक सत्रको म्याद दुई महिना थप, असार १ देखि नयाँ शैक्षिक सत्र

काठमाडौं : सरकारले विद्यालय तहको चालू शैक्षिक सत्र जेठको अन्तिमसम्ममा सक्ने निर्णय गरेको छ। शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गर्दै यो वर्षको शैक्षिक सत्र दुई महिना थपेर जेठसम्म सञ्चालन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी दिए । शिक्षा पत्रकार समूहले गरेको छलफलमा सचिव मैनालीले चालू शैक्षिक सत्र दुई महिना लम्ब्याउने र […]

त्रिविको शैक्षिक सत्र तीन महिना पर धकेलियो

कोरोनाका कारण त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन । यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिना पछाडि सार्ने निर्णय गरेको छ । विश्वविद्यालयका  विभिन्न संकायका डीन हरुको माघ पहिलो साता बसेको संयुक्त बैठकको निर्णयानुसार शैक्षिक सत्र सार्वजनिक गरेको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा  र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताए । नागरिक दैनिकमा खबर छापिएको छ ।