पोर्चुगल र ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो । समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरिया...