सिंगापुरका प्रधानमन्त्रीले भारतीय सांसदहरूलाई बलात्कारी र हत्यारा भनेपछि हंगामा

सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले आधा भारतीय सांसदलाई बलात्कारी र हत्याराको संज्ञा दिएपछि लामो समयदेखि भारतमा हंगामा मच्चिएको छ । प्रधानमन्त्री ली सिएनको यो भनाइप्रति भारतले सिंगापुरको उच्चायोगसँग कडा आपत्ति जनाएको छ । सिङ्गापुरका प्रधानमन्त्रीले संसदमा आफ्नो भाषणमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको  प्रशंसा गर्दै उहाँलाई असाधारण क्षमता भएको व्यक्तिको रूपमा वर्णन गर्नुभयो।  सिंगापुरका प्रधानमन्त्रीले […]

सम्बन्धित सामग्री

भागरथी हत्याकाण्ड : हत्यारा भेटियो, बलात्कारी भेटिएन

विनोदसिंह विष्ट, बैतडी  । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार दिउँसो गरेको पत्रकार सम्मेलनमा सोही गाउँका १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब […]

भागरथीका आफन्तले भने : हत्यारा पत्ता लागे पनि बलात्कारी नभेटेसम्म शव बुझ्दैनाैं

बैतडी : दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले स्थानीय सोही गाउँका दिनेश भट्टलाई सार्वजनिक गरे पनि आफन्तले भागरथीको शव बुझ्न अस्वीकार गरेका छन्। प्रहरीले आज पत्रकार सम्मेलन गरी अन्दाजी १८ वर्षका भट्टलाई भागरथी हत्यामा संलग्न रहेको भनी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुसन्धानबाट अभ

निर्मलाको जस्तै भागरथीका बलात्कारी हत्यारा उम्किन नदिन ठुलो दबाब आवश्यक’

दिनेश रैदास, दाङ । बैतडीकी किशोरी भागरथी भट्टको बलत्कारी र हत्यारालाई कारबाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङले घोराहीको तुलसीपुर चोकमा विरोधसभा सम्पन्न गरेको छ । विरोधसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्टले निर्मला पन्त र भागरथी भट्टको बलात्कारीलाई छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘जसरी निर्मला पन्तको हत्यारालाई अहिलेसम्म अगाडि ल्याउन सकेको छैन, हत्यारालाई पक्राउ गर्न सकेको छैन। कतै त्यही भागरथी भट्टको पनि हुने होकी त्यसैले हजारौं हजार विद्यार्थी तथा जनता न्यायको लागि सडकमा आउन खाँचो छ ।’ कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र अखिल (छैठौं) दाङ जिल्ला उपाध्यक्ष सरिता पुनले पनि सम्बोधन गर्नुभएको थियो। प्रदर्शनमा निर्मला पन्त र भागरथी भट्टका बलात्कारी र हत्यारालाई कार्बाही गर, सम्पूर्ण बालिकाको सुरक्षा गर, सरकारी उदासिनता मुर्दावाद, अखिल (छैठौं) जिन्दाबादजस्ता नारासहित क्याम्पस रोड देखि बीपी चोक, सहिद मार्ग, बालमन्दिर चोक हुँदै तुलसीपुर चोकसम्म जुलुस निकालिएको थियो । कार्यक्रमको सञ्चालन ध्रुव बेल्बासेले गर्नु भएको थियो।

भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै कञ्चनपुरमा राजमोको विरोध सभा

कञ्चनपुर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारी हत्यारालाई कारबाही गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा कञ्चनपुरले विरोध सभाको आयोजना गरेको छ । सोमबार कृष्णपुरको गुलगरियामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्नुभयो । उहाँले शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार काठमाडौंमा विद्यार्थी नेताहरुलाई गिरफ्तारी गरिएको भन्दै आपत्ति पनि प्रकट गर्नुभयो । कार्यक्रमलाई तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी र जातीय समता समाजका महासचिव गोबिन्द विकले पनि सम्बोधन गर्नुभएको थियो । विरोध सभाको सञ्चालन राजमो जिल्ला सदस्य चक्र रैकालले गर्नुभएको थियो ।

निर्मला, सरकार र समाज

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३० महिना नाघ्दा पनि बलात्कारी र हत्यारा पत्ता लागेको छैन । प्रहरी यस

भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले प्रदर्शन गर्ने

काठमाडौं । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी बैतडीकी किशोरी भागरथी भट्टका लागि न्याय माग्दै अखिल (छैठौं) ले विरोध प्रदर्शन सुरु गरेको छ । ‘बलात्कारी हत्यारा’ लाई कारबाही गर्न दबाव दिन अखिल (छैठौं) ले राजधानीसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न लागेको हो । आइतबार दिउँसो तीन बजे काठमाडौंको माइतीघरमण्डलामा विरोध प्रदर्शन गरिने अखिल (छैठौं) का सचिव सुवाश जिसीले जानकारी दिनुभयो । यस्तै, बुटवल, प्युठानलगायतका स्थानमा पनि प्रदर्शनको तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदर्शनका क्रममा अखिल (छैठौं) ले भागरथी भट्टको फोटोसहित ‘बलात्कारी हत्यारालाई कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्नेछ भने बलात्कार, हत्या र सरकारी उदासिनताबिरुद्ध नारा लगाउनेछ । देशैभरी जहाँ जसरी सम्भव हुन्छ, बलात्कारीलाई कारबाहीका लागि दबाब दिने अखिल (छैठौं) ले जनाएको छ । घरबाट विद्यालय जान हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको घर नजिकै जंगलमा शंकास्पद अवस्थामा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । यो पनि :  ‘बलात्कारी, हत्यारा’लाई कारवाही गर्न अखिल (छैठौं) को माग बैतडीकी भागरथीलाई न्याय दिलाउन राजमोको माग