हतारोमा नवौं खेलकुद, एसियन गेम्स असर पर्ने खतरा

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृत दिएको छ । आगामी २०७९ साल २२–२८ जेठमा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना हुनेछ । गत फागुनमा हुने भनिएको नवौं खेलकुद सदस्य–सचिवको विवादका कारण जेठमा सरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई एसियन गेम्सको छनोटको रुपमा हेरिएको छ । नेपालले एसियन गेम्समा

सम्बन्धित सामग्री

एसियन गेम्स महिला फुटबल टिमलाई एक्सपोजर मात्र

३१ भदौ, काठमाडौं । चीनको हाङझाउमा हुने एसियन गेम्समा नेपालले जापान, भियतनामजस्ता बलिया टिमसँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप जित्ने लक्ष्य भन्दा माथि नउठेको नेपाली महिला फुटबलका लागि एसियन गेम्स ठूलो अवसर हो । नेपाल रहेको समूह डी मा जापान, भियतनाम र बंगलादेश छ । जापान महिला विश्वकपको शीर्ष ८ भित्र परिसकेको टिम हो । […]

यस्तो छ एसियन गेम्सको ७२ वर्षे इतिहास

१ भदौ, काठमाडौं । एसियाको खेलकुम्भ अर्थात एसियन गेम्स (एसियाड) को इतिहास सात दशक भन्दा लामो छ । आफ्नो छुट्टै खेलकुद महोत्सव गर्ने लक्ष्यसहित सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो एसियन गेम्स भएको थियो । एसियाडको १९औं संस्करण आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउ सहरमा हुँदैछ । दुई सातासम्म चल्ने खेल मेलामा एसियाका ४५ देशका […]

१९औं एसियन गेम्स खेल्ने सूचीमा छैन ओलम्पियन गौरिकाको नाम

काठमाडौं । ओलम्पियन गौरिका सिंहको नाम १९औं एसियन गेम्स खेल्ने सूचीमा समावेश छैन । एसियन गेम्स आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउ सिटीमा हुँदैछ । तर नेपालको पौडीबाट दुई पटक ओलम्पिक खेलिसकेकी गौरिका भने १९औं एसियन गेम्समा नदेखिने भएकी छन् । जेठमा भएको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट उत्कृष्ट हुँदा गौरिकासहित डुवाना […]

एसियन गेम्स फन रन शुक्रवार हुने

काठमाडौँ – एसियन गेम्स फन रन शुक्रवार ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा आयोजना हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै एसियन गेम्स फन रन हुने जनाएको हो। आगामी सेम्पटेम्बरमा चीनमा आयोजना हुने एसियन गेम्सको प्रचारप्रसारका लागि ओलम्पिक कमिटीले एसियन गेम्स फन रन गर्न लागेको नेपाल ओलम्पिक कमिटिीका अध्यक्ष जीवनराम श्रेष्ठले […]

एसियन गेम्स सन् २०२३ मा हान्झाउमै

चीनमा आयोजना तय भएको एसियन गेम्स २०२२ हान्झाउको कोभिड-१९ महामारीका कारण सन् २०२३ मा सारिएको आयोजकले जनाएको छ।...

एसियन गेम्सको नयाँ मिति तय

१९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) को नयाँ मिति घोषणा भएको छ । चीनमा आयोजना हुने प्रतियोगिताका लागि ओलम्पिक काउन्सिल अफ एसियाले एसियन नयाँ मिति तय गरेको हो । अब एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय भएको छ । यसअघि चीनको हाङझावमा तय एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो ।तर कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । एसियन गेम्सका लागि नेपालले प

एसियन गेम्स २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने

३ साउन, काठमाडौं । एसियन गेम्सको नयाँ मिति तय भएको छ । २०२२ मा स्थगित भएको एसियन गेम्स अब २०२३ मा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले मंगलबार एसियन गेम्सका लागि नयाँ मिति तय गरेको हो । एसियाडसमेत भनिने १९ औं एसियन गेम्स चीनको होङझोउमा हुने […]

चीनमा हुने भनिएको एसियन गेम्स स्थगित, तय भएको छैन नयाँ मिति

चीनको हाङ्जाउमा हुने भनिएको १९ औं एसियन गेम्स स्थगित भएको छ। एसियाली ओलम्पिक काउन्सिलले प्रतियोगिता स्थगित भएको जनाएको हो। चिनियाँ ओलम्पिक कमिटी र हाङजाउ एसियन गेम्स आयोजक कमिटी तथा एसियाली ओलम्पिक काउन्सिलको कार्यकारी समितिको छलफल पछि शुक्रवार १९ औं एसियाली खेलकुद प्रतियोगिता स्थगन गर्ने निर्णय भएको हो। चीनको हाङजाउमा १९…

एसियन गेम्स : बास्केटबल छनोट वैशाख तेस्रो साता

१९औं एसियन गेम्स (एसियाड) का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टिमको प्रारम्भिक छनोट गर्ने भएको छ । बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले वैशाख १७ र १८ गते राखेप सेमिइन्डोर कभर्डहलमा खेलाडी छनोट कार्यक्रम रहेको जनाए । ‘हामी यु-२३ को लङ नेम छनोट गर्न गइरहेको छौं,’ उनले लेखेका छन् । आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने एसियाडमा समावेश भएसँगै बास्केटबल संघले खेलाडी छनोट गर्न लागेको हो ।

एसियन गेम्स फन रन मंगलबार

काठमाडौं । एसियालीको खेलकुदको महाकुम्भ एसियन गेम्स अघिको एसियन गेम्स फन रन नेपालमा पहिलोपटक आयोजना हुने भएको छ