सिनेमा जगतको सर्वाधिक प्रतिष्ठित पुरस्कार अस्करमा एसियाली मूलका दुई महिलाको प्रभाव देखिएको छ ।
चीनमा जन्मेर अमेरिकामा फिल्महरू बनाइरहेकी क्लोई चाओले नोम्याडल्यान्डका फिल्मका लागि सर्वोत्कृष्ट निर्देशकको पुरस्कार हात पारिन् । अस्कर जित्ने उनी पहिलो एसियाली महिला र दोस्री महिला बनिन् ।
पोहोर साल दक्षिण कोरियाका बोङ जून–हो सर्वोत्कृष्ट निर्देशक घोषित हुने पहिलो एसियाली बनेका थिए । अनि क्याथरिन बिगेलो अस्कर जित्ने पहिलो महिला निर्देशक थिइन् ।
चाओ चीनमा जन्मेकी हुन् र १४ वर्षको उमेरसम्म बेइजिङ...