एकपक्षीय रुपमा अघि बढे ओली, एकता प्रयास भाँड्न खोजेको नेपाल समूहको आशंका

१८ साउन, काठमाडौं । नेकपा एमालेमा एकता प्रयास चलिरहेका बेला महाधिवेशनको कार्यतालिका बनाएका अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार ९ वटा विभाग गठन गरेका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले संगठन, स्कुल, प्रचार, विदेश मामिलासहितका ९ विभागका प्रमुखसहित केही सदस्य मनोनयन गरेको छ । स्कुल विभाग […]

सम्बन्धित सामग्री

नयाँ पार्टी खुले पनि एकता प्रयास जारी रहन्छ : नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खुलेको स्थितिमा एकता प्रयास जारी रहने बताउँदै पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधैं तत्पर रहेको बताउनुभएको छ । पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई आज भर्चुअल सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव हुने अन्यथा नयाँ …

पार्टी एकता जोगाउन प्रयास जारी छ : प्रवक्ता ज्ञवाली

नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे । पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उनले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गरे ।

पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन्

ओली पक्षले एकता प्रयास खल्बल्याउँदै छन्: नेपाल पक्ष

काठमाडौँ-  नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको राजधानीमा भएको बैठकले एकताको प्रयास भइरहेका बेला क्रियाशील सदस्यता थप्ने, नवीकरण गर्नेलगायतका क्रियाकलाप केपी ओली पक्षले जारी राखेको भन्दै आपत्ति जनाएको छ। बैठकमा माधव नेपालसहित नेपाल पक्षका नेताहरुले असोज पहिलो साता ओली पक्षले वडा र पालिका तहमा अधिवेशन गर्ने तिधि निर्धारण गरेको भन्दै यसले एकता प्रयासलाई खल्बल्याएको […]

एकता प्रयास र मुठभेड सँगसँगै !

काठमाडौँ– नेकपा एमालेका दुई उच्चतम प्रतिद्वन्द्वी मुठभेडकै ‘मूड’मा रहँदा ‘एकतावादी’हरुबाट जारी प्रयास असान्दर्भिक भइसकेको हो त? यो प्रश्न र आशंकाकैबीच ‘एकतावादी’ समूहले आफ्नो प्रयास र आस त्यागेको छैन। माधव नेपाललाई ‘राष्ट्रघाती’ या ‘गद्दार’का रुपमा केपी ओलीले प्रस्तुत गरेपछि एमालेको एउटा समूहको घृणा ओलीविरुद्ध चुलिएको छ। आइतबार सिहंदरबारमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल र […]

तीन महिनाको एकता प्रयास असफल भयो – शंकर पोखरेल

काठमाण्डाै - एमाले नेतासमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तीन महिनाको एकता प्रयास असफल भएको बताउनु भएको छ ।  नेकपा एमाले विवाद मिलाउन गठन गरिएकाे समितिमा रहेका पोखरेलले  कार्यदलले तयार पारेको प्रतिवेदनमा माधवकुमार नेपालले असहमति जनाएकाले अहिलेसम्म गरेको सबै प्रयास असफल भएको बताउनु भएको हो ।   सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ : ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’  एमालेका वरिष्ठ नेता माध...

१० बुँदे सहमतिमै टेकेर एकता जोगाउने प्रयास

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरू जुटेका छन्। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरूबीच छलफल भएको हो। दोस्रो तहको अनौपचारिक बैठकमा कार्यदलले प्रस्ताव गरेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गरेर एकता जोगाउने विषयमा छलफल भएको एमालेका सचिव गोकर्ण विष्टले बताए।उनले भने, 'पार्टीलाई एकताबद्ध बनाउनको लागि हामी लागिपरिरहेका छौँ। हामीले कुनै हालतमा पनि एकता जोगाउँछौँ। एकता जोगाउन छलफल भइरहेको छ। तर, आजको यो कुनै औपचारिक बैठक होइन।

एमाले एकता टर्यो

काठमाडौं, २१ असार । नेकपा एमालेको एकता टरेको छ । दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले पार्टी एकता जोगाउन निकै प्रयास गर्दा पनि सफल हुन नसकेपछि एकता टरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानबाट टसमस नभएपछि एकता प्रयासमा लागेका नेताहरु निराश भएका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट आज साँझ […]

एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ ।  मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भनाइ छ । त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिक

यसरी असफल भयो एमालेको एकता बचाउने ‘याक एण्ड यति’ को अन्तिम प्रयास !

सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए । दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।स्रोतका अनुसार उन