राजस्व संकलन उत्साहजनक, तर सरकार छैन कम्फर्टेबल, यस्तो छ अतिरिक्त बजेटको स्ट्रेस

काठमाडौं। चालु वर्षको पाँच महिना सकिन लाग्दा राजस्व संकलन उत्साहजनक छ। त्यति मात्रै होइन अनुदान पनि राम्रै छ। गत

सम्बन्धित सामग्री

बागमती राजस्व संकलन र बजेट परिचालनमा कमजोर

बागमती प्रदेश सरकार राजस्व संकलन र बजेट परिचालनमा निकै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको आठ महिनामा बागमती प्रदेश सरकारले राजस्व संकलन लक्ष्यको जम्मा ३८.१० प्रतिशत र बजेट खर्च जम्मा...

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै

काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा नत आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ । महत्वाकांक्षी बजेटको लक्ष्य भेटाउन नसक्ने आँकलनपछि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेटलाई १४ खर्ब २२ अर्ब ५४ […] The post राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मालपोत कार्यालय धनुषाद्वारा ४५ करोड राजस्व संकलन

जनकपुरधाम। भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष (आव) २०७९/८० को असार मसान्तसम्ममा करीब रू. ४५ करोड राजस्व संकलन गरेको छ । राजस्व बाँडफाँटअन्तर्गत संघीय सरकारलाई बुझाउनुपर्ने राजस्वबाट गत आवमा रू. ६ करोड राजस्व संकलन गरिएको भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख मो. तैयब राइनले बताए । न्यायिक दस्तुरबाट रू. ४९ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट रू. ५ करोड ९७ लाख ८२ हजार, अन्य राजस्वबाट रू. ३ लाख ५९ हजार र बेरुजूबाट रू. २ लाख ३८ हजार राजस्व संकलन गरिएको कार्यालय प्रमुख राइनले बताए । त्यस्तै, प्रदेश सरकार र स्थानीय तह राजस्व बाँडफाँटअन्तर्गत रू. ३२ करोड ६० लाख राजस्व संकलन गरिएको कार्यालयले जानकारी दिएको छ । गतवर्ष सरकारले कित्ताकाट गर्न रोक लगाउँदा राजस्वमा कमी आएको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार औसतमा प्रतिदिन २०० रजिष्ट्रेशन पास हुने गरेको छ । कार्यालयमा रजिष्ट्रेशन पास गराउन आउँदा सेवाग्राहीलाई एक दिनमै रजिष्ट्रेशन पास हुने गरी कार्यालयले सेवा दिने गरेको कार्यालयले जानकारी दिएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो महिनामै उठेन लक्ष्य अनुसार राजस्व

१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । साउन महिनामा सरकारले ४९ अर्ब रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने ४० अर्ब ३४ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ८२.३३ प्रतिशत मात्र हो । भन्सारतर्फ सरकारले साउनमा ३९ अर्ब […]

राजस्व संकलनमा चुक्यो सरकार

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न चुकेको छ।

कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन

सुर्खेत । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीय स्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए । २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाहय पर्यटक आएका थिए । उनीहरूबाट रू. २१ लाख ७१ हजार राजस्व संकलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले जानकारी दिइन् । त्यस्तै, २०७८ वैशाख–पुससम्म काँक्रेबिहार घुम्न एक लाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटक आएका थिए । उनीहरूबाट ६ लाख १८ हजार राजस्व संकलन भएको थियो । वीरेन्द्रनगरस्थित प्रादेशिक शहीद उद्यान पर्यटकीय स्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकबाट चार लाख ५० हजार राजस्व संकलन भएको छ । गत चैतसम्म माथिल्लो कर्णालीको मुगु रारातालमा १३ हजार ११३ आन्तरिक र ६६ बाह्य पर्यटकले दृश्यावलोकन गर्दा ९ लाख ३३ हजार राजस्व संकलन भएको छ । साउन–मङ्सिरसम्म दैलेखको गुराँस गाउँपालिकाको गुराँसे भ्यूटावर हेर्ने आउने ६ हजार १४९ आन्तरिक पर्यटकबाट तीन लाख सात हजार राजस्व संकलन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीका अनुसार १० जिल्लाका पर्यटकीयस्थलको विवरण आउन बाँकी छ । ‘आगामी वर्ष २०७९/८० मा बाह्य पर्यटक आकर्षणका लागि ‘एक जिल्ला, एक पर्यटकीय उपज’ नीति लिएर पर्यटन प्रवर्द्धन र पूर्वाधारका योजना तथा कार्यक्रम बनाउँदै छौं,’ उनले भने । रासस

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर

नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय,भन्सार विभागबीच बैंकले काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहमा नेपाल बैंकले राजस्व काउन्टर स्थापना गरेर सञ्चालनमा ल्याउने भएको छ । बैंकले भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।विभागको तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले […]

राजस्व संकलनको लक्ष्य भेटाउन सरकार असफल

सरकार राजस्व संकलनको लक्ष्य भेटाउन असफल भएको छ । गत आर्थिक वर्षमा लिएको राजस्व संकलनको लक्ष्यमा सरकार असफल भएको हो । गत आर्थिक वर्ष २०७७-७८ मा कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा कुल ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८२ दशमलव ८१ प्रतिशत हो । सरकारले सो अवधिमा कुल राजस्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ र अन्य कर राजस्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्...

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा डेढ अर्ब राजस्व संकलन

साउन ६, चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरद्वारा चालू आर्थिक वर्ष २०७८/७९ को साउन महीनामा झण्डै डेढ अर्ब राजस्व संकलन भएको छ ।  कार्यालयका अनुसार साउन महीनामा १ अर्ब ४८ करोड २१ हजार राजस्व संकलन भएको हो । कार्यालयले यो महीनामा सबैभन्दा बढी अन्तशुल्क कर शीर्षकमा ९४ करोड ८५ लाख १३ हजार रुपैयाँ संकलन गरेको छ ।  यस्तै, आयकर शीर्षकमा २८ करोड ४१ लाख ८६ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर शीर्षकमा २१ करोड ३९ लाख ३३ हजार रुपैयाँ, व्याजकरमा ३ करोड २१ लाख ६ हजार रुपैयाँ र घरबहाल कर शीर्षकमा ३१ लाख ७० हजार रुपैयाँ संकलन गरेको हो ।  यस्तै शिक्षा सेवा करमा दुईहजार रुपैयाँ र स्वास्थ्य सेवा कर शीर्षकमा एक हजार रुपैयाँ कर संकलन गरेको हो ।  कार्यालयका कर अधिकृत शुशील लम्सालले राजस्व विभागले सरकार हेरफेर भएका कारण चालू आर्थिक वर्षको लागि लक्ष्य असुली आई नपुगेको बताए ।  जिल्लामा निषेधाज्ञा भएपनि कार्यालय पूर्णरुपमा खुलेकोले यस महीनाको राजस्व संकलन सन्तोषजनक रहेको लम्सालको भनाइ छ । ‘विशेषगरी आयकर शीर्षकमा पुस, चैत र असारमा बढी कर संकलन हुन्छ, उनले भने, अन्तःशुुल्क र अन्य शीर्षकका करको हकमा जेठ, असार र साउन तुलनात्मक रुपमा बढी संकलन हुन्छ ।’ कोभिडका कारण आर्थिक गतिविधि सुस्त भएपनि राजस्व संकलनको अनुपात र दैनिक सेवाग्राहीको संख्यामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको लम्सालले बताए ।  ‘करको दर र दायरा पनि हरेक वर्ष बढ्दै गएको छ उनले भने, व्यवसायीहरुमा पनि दर्ता गर्नुपर्छ । कर तिनुपर्छ भन्ने जिम्मेवारी र सचेतनाको महसुस पनि बढ्दै गएको पाएका छौं ।’ लम्सालले भने ।

कर्णालीको राजस्व संकलन उत्साहजनक

कर्णाली प्रदेश सरकार लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कोरोना महामारी जारी रहेको अवस्थामा पनि कर्णाली सरकारले चालु आर्थिक वर्षको ११ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड भन्दाबढी राजस्व संकलन भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कर्णालीमा चालु आर्थिक वर्षको […]