दैलेखमा छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । पीडित किशोरीकी आमाले गत बिहीबार जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा दैलेख प्रहरीले पक्राउ गरी ती पुरुषलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु भएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पुरुषले नाबालिका छोरीलाई विगत ३ वर्षदेखि पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमा पारी