सिंजा क्षेत्रका तीन पालिकालाई संकटग्रस्त घोषणा गर्न माग

जुम्ला– सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेको हिमा, सिंजा  र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका घोषणा गर्न सरकार समक्ष स्थानीयले माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्याधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा […]

सम्बन्धित सामग्री

सिञ्जाका तीन स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

२७ असोज, कर्णाली । दशैंदेखि असोज २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त जुम्ला सिञ्जा क्षेत्रका तीन स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणका लागि माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सिञ्जा क्षेत्रका कनकासुन्दरी, हिमा र सिञ्जा गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष […]

बाढीपहिरो प्रभावित सिंजालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न  माग

बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको जुम्लाको सिंजालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। सिंजा क्षेत्रमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्दछन्। जिल्लाका आठ स्थानीय तहमध्ये तीन वटा सिंजा क्षेत्रमा पर्छन्।...

सिंजा क्षेत्रका ३ पालिकालाई संकटग्रस्त घोषणा गर्न माग

जुम्ला : सिंजाका ३ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। बाढी र पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको भन्दै हिमा, सिंजा  र कनकासुन्दरी गरी ३ पालिकालाई संकटग्रस्त  क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको हो।जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जनधनको अत्यधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।उनले भने, ‘

सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम […]

बझाङका बाँकी ८ स्थानीय तहलाई पनि संकटग्रस्त घोषणा गर्न माग

बझाङ : बझाङ जिल्लाका सांसद तथा एमाले नेताहरूले बझाङका १२ वटै स्थानीय तहलाई स‌कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्।गृह मन्त्रालयले मंगलबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका ४ वटा स्थानीय तहलाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।जसमा बुंगल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, केदारस्युँ, साईपाल, दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका गरी ८ स्थानीय त

बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न माग

बझाङ : बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न सर्वदलिय बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।शनिवार बसेको सर्वदलीय बैठकले कुबेलाको बाढीपहिरोले जिल्लामा धनजनको ठूलो क्षति गरेकोले संकटग्रस्त जिल्ला घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको हो।असोज ३१ गते आइतवार आएको अविरल बर्षाका कारण बझाङमा १० जनाको ज्यान गएको छ भने १९ जना अझै बेपत्ता छन्। पहिराले ९० भन्दा बढी घरहरू पूर्णरुपमा क्षति भएका छन् भने एक सय २७ घर जोखिममा छन्।यस्तै ६ सय ४७ परिवार विस्थापित भएका छन्। ४० प्रतिशत खेतीयोग्य जमिन नद

मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

२६ साउन, काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढी र पहिरोबाट अत्यधिक प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्र संकटग्रस्त घोषणा गर्न माग गरेका हुन् । सो क्षेत्रमा राहतको नाममा एक गेडा चामल र छतको नाममा एउटा […]

सांसद तामाङको माग, मेलम्ची हेलम्बु क्षेत्र संकटग्रस्त क्षेत्र घोषणा गरियोस्

काठमाडौं।नेकपा एमालेका सांसद शेरबहादुर तामाङले मेलम्ची हेलम्बु क्षेत्रलाई संकटक्षेत्र घोषणा गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सो क्षेत्रका बाढी पीडितले राहतको नाममा केहि पनि नपाएको उनले बताए। “राहतको नाममा एक गाडा चामल र छतको नाममा एउटा टेन्ट पनि पुगेको छैन । छिटो भन्दा छिटो मेलम्ची हेलम्बु क्षेत्र राहत र पुनःस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गर्छु’, उनले भने।

पर्यटन क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न पोखराका व्यवसायीको माग

वैशाख २५, पोखरा । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध संघसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् ।             पहिलो चरणको कोरोनापश्चात् सुरक्षा सतर्कतासहित आन्तरिक पर्यटकको चलपहलले गति लिंदै गर्दा देखिएको न्यू भेरियन्टको कोरोनाले पर्यटन क्षेत्रलाई नराम्ररी असर गरेको र व्यवसाय धराशायी भएको बताउँदै पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् ।             परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रत्यक्ष प्रभावमा परेको पर्यटन क्षेत्रलाई पछिल्लो समयको भेरियन्टले झनै प्रभावित पारेको जनाउँदै व्यवसायीलाई राहत दिन राज्य संवेदनशील हुनुपर्ने बताए। उनले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेर व्यवसायीलाई पलायन हुनबाट जोगाउने जिम्मा राज्यको भएको बताए।             पर्यटन क्षेत्रलाई जोगाउन यस क्षेत्रका व्यवसायी र पर्यटन मजूदरलाई प्राथमिकताका साथ खोप उपलब्ध गराएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र आगामी बजेटमा पर्यटन क्षेत्रलाई रुग्ण उद्योगका रुपमा घोषणा गरेर विशेष राहत प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।             परिषद्का महासचिव रामचन्द्र शर्माले वर्तमान अवस्थाबाट व्यवसायीले के कस्ता कठिनाइ र समस्या भोगेका छन्, संस्थागत रुपबाट ती समस्या समाधानका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर भर्चुअल कार्यक्रममार्फत सुझाव संलन गरिएको जानकारी दिए। उनका अनुसार छलफल कार्यक्रममा अधिकांश व्यवसायीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको र बैकिङ साँवाब्याजले मानसिक दबाब बढेको, राज्यले मौद्रिक नीति कार्यान्वयन नभएको विषयमा धारणा राखेका थिए ।             परिषद्ले पहिला स्वास्थ्य सुरक्षामा जोड दिंदै अप्ठ्यारो अवस्थामा परेका पर्यटकलाई रेस्क्यु सेन्टर खडा गरेर उद्धारको पहल गर्ने, आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि विशेष पहल गर्ने निर्णय गरेको शर्माले जानकारी दिए। व्यवसायीका अुनसार हाल पोखरामा ७०० ओटा पर्यटकीय होटेलसहित पर्यटकीय क्षेत्रमा खर्बौंको लगानी रहेको छ भने दैनिक करोडभन्दा बढी घाटा यस क्षेत्रले भोगिरहेको छ । रासस