काठमाडाैं : भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ। आइतबारबाट ३ दिनसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी "निसाना" सुरु भएको हो।सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गरेको सुरु भएको प्रदर्शनी वैशाख ६ गते सम्म चल्नेछ। कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको क्लबका महासचिव रवि मिश्रले जानकारी दिए।