मोदी र बाइडेनबीच वार्ता हुँदै, रुस र युक्रेन युद्ध प्रमुख मुद्दा

प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच आज भर्चुअल भेट हुने भएको छ । गत महिना मात्रै चार नेताको बैठकमा दुई नेताबीच भेटवार्ता भएको थियो । यो बैठक २ प्लस २ मन्त्रीस्तरीय वार्ता अघि बस्न लागेको हो  भारतको परराष्ट्र मन्त्रालयले दुई नेताबीचको भेटले द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने जनाएको छ । यो बैठकले दुई देशबीच निरन्तर उच्चस्तरीय सहभागिताको बाटो खोल्नेछ ।दुई नेताबीच दक्षिण एसियाका पछिल्लो घटनाक्रम र साझा चासोका विश्वव्यापी घटनाक्रमका बारेमा छलफल हुनेछ । दुई नेता

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो

एजेन्सी, ७ साउन । रुस र युक्रेनबीच युद्ध रोकिने आशाका किरण देखिन थालेको छ । दुई देशले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे । जसमा ब्ल्याक सीबाट युक्रेनले अन्न निर्यात गर्न रोकटोक हुनेछैन। विश्वव्यापी खाद्यान्न अभाव भइरहँदा युक्रेनको अन्न थन्किएको थियो । अब उसले ब्ल्याक सीबाट अन्न निर्यात गर्नेछ । युक्रेनले सिधै रुससँग नभई संयुक्तराष्ट्रसंघको माध्यमले सम्झौता […]

युक्रेन युद्ध लम्बिए नेपालमा के होला

काठमाडौं, १ असार । रुस-युक्रेन युद्ध लम्बिने अवस्था देखिएको छ । रुसी सैनिकले युक्रेनमाथि थप हमला गर्दै बढेका छन् । युक्रेनले पनि अमेरिकालगायत पश्चिमा देशहरुबाट हतियार प्राप्त गरेबाट प्रतिकार गर्ने देखिएको छ । युद्धको असर विश्वभर देखिएको छ । इन्धनको मूल्य बढेको छ । खाद्यान्नको मूल्य आकाशिएको छ । यसको असर नेपालमा पनि परेको छ […]

रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

नेटोका प्रमुखले रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरूलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रुसलाई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस-युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए । जोनसन र स्टोल्टेनबर्ग दुबैले धेरै हतियार

रुस–युक्रेन युद्ध लम्बिँदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले रुस–युक्रेन युद्ध लम्बिँदै गएमा अमेरिकी डलर कमजोर बन्न सक्ने दाबी गरेको छ ।आईएमएफकी प्रथम उपकार्यकारी निर्देशक गीता गोपीनाथले द फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै युद्ध लम्बिँदै जाँदा र रुसमाथिको आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको प्रभुत्व क्रमशः कमजोर बन्दै जाने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन् । रुसले पेट्रोलियम पदार्थको भुक्तानी आफ्नै मुद्रा रुबलमा गर्...

रुस युक्रेन युद्ध : किएभमा ३५ घण्टाका लागि कर्फ्यु

एजेन्सी – रुस र युक्रेन युद्ध चर्किदै जाँदा किएभमा ३५ घण्टाका लागि कर्फ्युको घोषणा भएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेको २० औँ दिन पुग्दा युक्रेनको राजधानी किएभमा कर्फ्यु लागेको हो । किएभका मेयर भिटाली क्लित्स्कोले बुधबार रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु घोषणा गरेका हुन् । उनले अहिले किएभले खतरनाक र कठिन क्षणको […]

नयाँ चरणको वार्तासँगै रुस-युक्रेन युद्ध चाँडै अन्त्य हुने आशा

३० फागुन, काठमाडौं । रुस र युक्रेनका अधिकारीले सोमबार भिडियो कन्फेरेन्समार्फत् बैठक गर्दैछन् । दुवै पक्षबीच हुन लागेको नयाँ चरणको वार्तासँगै रुस-युक्रेन युद्ध चाँडै अन्त्य हुने आशा पलाएको छ । अनि फेब्रुअरी २४ मा भएको हमलापछि चर्किएको युद्ध अन्त्य हुने गरी प्रगतिको आशासमेत देखिएको छ । आइतबार साँझ एक जना रुसी वार्ताकारले ‘महत्त्वपूर्ण प्रगति’ भइरहेको […]

रुस-युक्रेन युद्ध लम्बिने संकेत

एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ । युक्रेनका राष्ट्रपति भोल्दोमोर जेलेन्स्कीले भने रुसलाई पराजित गरिछाड्ने बताएका छन् । रुस कुनै हालतमा युक्रेनको वर्तमान सत्तालाई ढाल्न चाहन्छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की भने […]

रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश

एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् । रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो । युक्रेनमा रहेको युरोपकै […]