रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

काठमाडौं । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रूपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।  ‘भिजिट भिसा’मार्फत नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । सोही आरोपमा काठमाडौंका सन्तोष रोका र रोजल महर्जन, सिन्धुपाल्चोकका मनिष न्यौपाने, उदयपुरका हरिबहादुर विश्वकर्मा र क्षितिज गिरी, सिराहाका दीपेन परियार, काभ्रेपलाञ्चोकका सुवास लामा, चितवनका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गाका सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङ द्रोणा डाँगी प्रहरी अनुसन्धानमा छन् ।  उनीहरू नेपाली युवालाई भिजिट भिसामा दुबई तथा नेपालबाट सडकमार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । उक्त गिरोहले प्रतिव्यक्ति रु सात लाखदेखि रु ११ लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा खुलेको छ । नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल बताउँछन् ।   प्रहरीले रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता सञ्चालन गर्ने केही शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको सरकारले यसअघि नै स्पष्ट पारिसकेको छ ।  सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरिसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्य बताउँछन् ।  सरकारले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल गरिरहेको छ ।  ‘नेपाली युवालाई प्रलोभनमा पारी रुस पु¥याउने गिरोहको खोजीमा सरकार लागेको छ, केही पक्राउ परेका छन्,’ उनले भने, ‘सरकारले सार्वजनिक रूपमा नै युवालाई रुसी सेनामा भर्ना नहुन आग्रह गरिरहेको छ, सरकारी कामकाज, रुसको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएका बाहेक अन्यलाई रुस जान रोकिएको छ ।’ सरकारले कसैको प्रलोभनमा नपरी, युद्धरत मुलुकको सेनामा भर्ना नहुन सार्वजनिक रूपमा आह्वान गरिरहेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहमा रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको बताएका थिए ।  ‘अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ,’ उनले भनेका थिए, ‘सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ ।’  प्रधानमन्त्री दाहालले नेपालमै शिक्षा र रोजगारीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै श्रम र पसिना बगाउन अपिल गर्नुभएको छ ।  ‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभएको थियो ।  सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएका बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा कन्सुलर सेवा विभागबाट ‘नो अब्जेक्सन लेटर’ लिएर मात्रै यात्रा गर्न सरकारले सबैमा अपिलसमेत गरेको छ ।  हालसम्म रुसी सेनामा भर्ती भएका ६ नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, पोखराका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराज मोक्तानको मुत्यु भइसकेको छ । अझै केही नेपाली युवा रुसी सेनामा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सरकारी अधिकारीको भनाइ छ ।  सरकारले दुई मुलुकबीच सम्झौता भएर अध्ययनका लागि छात्रवृत्तिमा जानेबाहेकका सम्पूर्णलाई रुस जान रोक लगाएको छ । नेपालीहरू रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि रुस जाँदै आएका छन् ।  नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर केही गिरोह अवैधरूपमा रुस लैजाने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित सामग्री

रुसी सेनामा गएका नेपालीलाई फर्काउन माग गर्दै प्रदर्शन (तस्वीरहरु)

८ वैशाख, काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै उनीहरुको परिवारका सदस्यले काठमाडौंमा प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले करार सम्झौता रद्द गरी उद्दारको पर्खाइमा रहेका …

रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री श्रेष्ठको अनुरोध

नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गर्नुभएको छ।

‘रुस–युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार प्रयासरत’

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् । शनिबार भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५ औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा …

रुस-युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई फर्काउन सरकार प्रयासरत : परराष्ट्रमन्त्री

रुपन्देही : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्।आज भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा रुससँग निरन्तर सम्पर्क भइरहेको बताए। उनले अहिले रुसबाट फिर्ता ल्याउनका लागि

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

काठमाडौँ- प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले रुसी सेनामा भर्ना भएका नेपालीमाथि दुर्व्यवहार भइरहेको जानकारी गराउँदै उनीहरू...

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

काठमाडौँ- प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले रुसी सेनामा भर्ना भएका नेपालीमाथि दुर्व्यवहार भइरहेको जानकारी गराउँदै उनीहरू...

रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ । रास्वपाका सांसदहरुले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका बिपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेका छन् । […]