मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । १२ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम् भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । ‘आज भन्दा ठिक तेह्र वर्ष अगाडि १२ सय १९ जना संस्थापक सेयर धनीहरूको लगानीमा १४ जना संस्थापकहरू र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको सन्दर्भ स्मरण गराउन चाहन्छु । जनताको घरदैलोमा ब