जुम्ला - अर्थमन्त्री जनार्दन शर्माले नेपालको सबैभन्दा ठूलो स्याउ बगैँचाको अनुगमन गर्नुभएको छ । जुम्ला गुठीचौर गाउँपालिका-५ मा रहेकाे किसान मीनबहादुर भण्डारीको ३३ हजार बिरुवा फुजी स्याउ भएको बगैँचाको अनुगमन गर्नुभएको हो ।
बगैँचाको अवलोकन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको र यसमा पनि जुम्लामा स्याउले अर्थतन्त्र सुधार्न सहयोग गर्नेमा जोड दिनुभयो । उहाँले प्रति किसानलाई एक वर्षमा पाँच सय स्याउका बिरुवा रोप्ने भए पनि सरकार तयार रहेकोमा जोड दि...