काठमाडौँ । भारतको बलियो वायु रक्षा प्रणालीले पाकिस्तानका धेरै ड्रोन र मिसाइल आक्रमणलाई विफल पारेको दाबी गरेको छ। आज ‘अपरेशन सिन्दूर’बारे भारतीय सेनाको प्रेस ब्रिफिङमा यस्तो दाबी गरिएको हो। वायु सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको बताए। उनले भने, ‘हाम्रो तर्फ वायु रक्षा प्रणाली देशको लागि पर्खाल […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मरहित राजनीति गर्नेहरूका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गरेका छन्। कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका छन्। उनले धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको टिप्पणी गरे। अब पूजापाठ […]
ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार […]
काठमाडौँ । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो । महानगरले आज वडा नं. २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ । […]