नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकले गरे मर्जर सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि सम्झौता गरेका छन् । शुक्रबार भएको प्रारम्भिक सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरूको रुपमा […]

सम्बन्धित सामग्री

एकीकृत शेयर कारोबारमा ढिलासुस्ती

काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या देखिएको छ । मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्या अन्त्य गर्नकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत कात्तिक २४ गतेदेखि मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो । उक्त निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिन मात्र दोस्रो बजारमा शेयर किनबेच रोक्का गर्ने व्यवस्था छ । पुसमै एकीकृत कारोबार शुरू गरिसकेका पाँच कम्पनीको शेयर कारोबार अझै खुलेको छैन । सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट मेगा, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार भएको लामो समयसम्म पनि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले १ बराबर १ शेयर अनुपातमा प्राप्त गरी प्रभु बैंक लिमिटेडको नामबाट गत पुस २६ गतेदेखि एकीकृत कारोबार शुरू गरेको हो । त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल पनि १०० बराबर ९० शेयरको अनुपातमा मर्जरमा गई पुस २७ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो । यी दुई बैंक एक भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट कारोबार भइरहेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड पनि एक बराबर एक शेयर अनुपातमा गाभिएका हुन् । यी दुई बैंकको मर्जर प्रक्रिया पूरा भएपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ । यी पाँचओटै कम्पनीको शेयर कारोबार एकीकृत कारोबार भएको दिनदेखि नै रोक्का छ । लगानीकर्ताको सम्पत्ति लामो समय बन्धक हुन नदिन सेबोनले लागू गरेको निर्देशिकाविपरीत कारोबार रोक्का रहेकोमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले दु:ख व्यक्त गरेका छन् । ‘निर्देशिकामा एकीकृत कारोबारपछि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘उक्त व्यवस्थाविपरीत कारोबार रोक्का भए के हुने भन्ने व्यवस्था नभएकाले समस्या देखियो ।’ यस्ता समस्या देखिन थाले आगामी दिनमा निर्देशिका परिमार्जन गरी निर्देशिकाविपरीत जाने कम्पनीलाई कारबाहीको व्यवस्था थप गरिने हमालको भनाइ छ । हाल निर्देशिकाविपरीत कारोबार रोक्का रहेका कम्पनीहरूको विषयमा नेप्सेसँग जानकारी लिई स्पष्टीकरण सोधिने सेबोन अध्यक्ष हमालले जानकारी दिए । सम्बद्ध कम्पनीका शेयर रजिस्ट्रारहरू भने कम्पनीहरूको बोनस शेयर सूचीकरण प्रक्रियाले शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताउँछन् । प्रभु बैंकको शेयर रजिस्ट्रार प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेञ्चुरी र प्रभु बैंकको बोनस शेयर समायोजनका कारण शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताए । दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट बोनस शेयरको प्रस्ताव पारित गरेका थिए । बोनस शेयर सूचीकरण गराउनुपर्ने कारण निर्देशिकाबमोजिम काम गर्न असमर्थ भएको प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत थकालीले स्पष्ट पारे । नेपाल इन्भेष्टमेण्ट बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले भने यस वर्षको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गरिसकेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकको रजिस्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले स्वाप रेसियोअनुसारको शेयर कायम गरी सूचीकरण प्रक्रियाका लागि एक साताअघि नै बोर्डमा पेश गरे पनि हालसम्म स्वीकृति प्राप्त नभएको जानकारी दिए । बोर्डको स्वीकृतिपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंंकको नामबाट शेयर कारोबार खुला हुने उनले जानकारी दिए । बोर्डले मर्जर तथा प्राप्ति निर्देशिका लागू गर्नुपूर्व मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका ३४ कम्पनीको शेयर कारोबार रोक्का थियो । निर्देशिका लागूपूर्व रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर फुकुवा गर्न सकिने व्यवस्था निर्देशिकामा छ । सोही व्यवस्थाबमोजिम कारोबार फुकुवा गरी एकीकृत कारोबारपछि पुन: कारोबार रोक्का भएको हो । बोर्डले लागू गरेको मर्जर तथा प्राप्ति निर्देशिकामा मर्जर तथा प्राप्ति प्रक्रिया सम्झौता गरेको ६ महीनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

सैद्दान्तिक सहमति पाएर मर्जर तोड्ने वाणिज्य बैंकलाई के हुन्छ कारवाही ?

सैद्दान्तिक सहमति प्राप्त भईसकेपछि मर्जर प्रक्रिया तोड्ने वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले विभिन्न ५ वटा कारवाही गर्ने भएको छ । सैद्दान्तिक सहमतिको पत्र प्रदान गर्दा नै राष्ट्र बैंकले प्रष्टसँग मनासिव माफीकको कारणसहित राष्ट्र बैंकको स्वीकृति नलिई आफुखुसि मर्जर प्रक्रिया तोडेमा कारवाही गर्ने राष्ट्र बैंकले उल्लेख गर्ने गरेको छ ।मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई पनि  सैद्दान्तिक सहमतिको पत्र प्रदान गर्दै राष्ट्र बैंकले नासिव माफीकको कारणसहित राष्ट्र बैंकको स्वीकृति नलिई आफुखुसि मर्जर प्रक्रिया तोडेमा  कारवाही गर्ने उल्लेख गरेको छ ।पत्रमा भनिएको छ 'सैद्धान्तिक सहमति प्राप्त गरिसकेपछि मनासिव माफिकको कारण सहित यस बैंकबाट स्वीकृति नलिई आफू खुशी प्राप्ति प्रक्रिया भङ्ग गर्न पाइने छैन । आफू खुसी गाभ्ने /गाभिने तथा प्राप्ति प्रक्रिया भङ्ग गरेमा विद्यमान ऐन नियम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५(४) बमोजिम देहायबमोजिमको कारबाही गरिनेछ'।के हुन्छ कारवाही ?१.अन्य कुनै संस्थासँग गाभ्ने /गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत शेयरधनीहरुलाई शेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने । २. दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने ।३. दुबै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत शेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने ।४. दुबै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने / गाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने । ५. दुवै संस्थालाई राष्ट्र बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने । अहिले वाणिज्य बैंकहरुमा मर्जरको लहर नै चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जर गर्दा प्राप्त हुने सुविधाहरु यहि असार मसान्तसम्म मात्र कायम रहने बताएपछि वाणिज्य बैंकहरु मर्जरको लागि पार्टनर खोज्न व्यस्त छन्। हाल नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेर एकिकृत कारोबारको मिति तय गरिसकेको छ । त्यस्तै मेगा र इन्भेष्टमेन्ट बैंकले मर्जरको लागि सैद्दान्तिक सहमति पाईसकेका छन्।  त्यस्तै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ (बिओके) ले पनि  सैद्दान्तिक सहमति पाईसकेका छन्।सिभिल बैंक र हिमालयन बैंकले मर्जरको लागि सम्झौता गर्नको लागि अन्तिम तयारी गरेपनि अन्तिम समयमाआएर सम्झौता स्थगित भएको छ । त्यस्तै प्रभु र सेन्चुरीबीच पनि मर्जरको चर्चा छ । अन्य बैंकहरुले पनि मर्जरको लागि  औपचारिक तथा अनौपचरिक छलफल गरिसकेका छन् ।

मर्जरको लागि ईन्भेष्टमेन्ट र मेगा बैंकले पाए सैद्दान्तिक सहमति

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि सैद्दान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले हिजो असार २२ गते २ बैंकलाई मर्जरको लागि  सैद्दान्तिक सहमति दिएको हो ।यस संगै अब दुवै संस्थाले विशेष साधारणसभा बोलाएर मर्जर समबन्धि प्रस्ताव पारित गर्नु पर्ने  छ । त्यसपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्ने छ ।२ बैंकबीच गत जेठ २७  क्रबार मर्जर सम्झौता सम्पन्न भएको हो।  सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।

४ वटा वाणिज्य बैंकलाई मर्जमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा वाणिज्य बैंकलाई मर्जरको लागि शैदान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा  मर्जमा  जान तथा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ (बिओके) एक आपसमा मर्जमा जानलाई शैदान्तिक स्वीकृति प्रदान गरेको हो।मेगा बैंक र इन्भेष्टमेन्ट बैंकले जेठ २७ गते मर्जमा जाने सम्झौता गरेका थिए । सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। त्यस्तै ग्लोबल आईएमई बैंक र बिओकेले असार २  गते मर्जमा जाने सम्झौता गरेका थिए । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता

काठमाडौं, २७ जेठ । देशकै अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता गरेको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गरेका छन् । मर्जरको क्रममा दुई बैंकलाई मिलाएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाम राख्ने र स्वाप रेसीयो मेगाको […]

मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरको समझदारी

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने भएका छन् ।  शुक्रबार दुवै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्झौता गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । "नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाम राख्ने र स्वाप रेसियो मेगाको ९० र इन्भेस्टमेन्टको १०० अनुपातमा मर्जर सम्झौतामा हस्ताक्षर भयो," अध्यक्ष शाहले...